गोवामा १२ वर्षकी रुसी बालिकामाथि बलात्कार गरेको आरोपमा रुम अटेन्डेन्ट पक्राउ

साझासवाल
1 Min Read

वैशाख २९, काठमाडौँ | गोवाको एउटा रिसोर्टमा १२ वर्षकी रुसी बालिकामाथि बलात्कार गरेको आरोपमा रुम अटेन्डेन्टलाई कर्नाटकबाट पक्राउ गरिएको छ ।

गोवा प्रहरीले यी व्यक्तिलाई उनको गृहनगरबाट पक्राउ गरेका ेहो । खबरका अनुसार रुसी बालिकामाथि मे ६ मा बलात्कार भएको हो । गोवा प्रहरीले कारवाही गर्दै १० मेमा अभियुक्तलाई उनको घरबाट पक्राउ गरेको थियो ।

रुसी बालिकाकी आमाले ९ मेमा यसबारे उजुरी दर्ता गरेकी थिइन् । सम्बन्धित प्रहरी स्टेशनका इन्स्पेक्टर विक्रम नाइकले पीडित बालिकाकी आमाको उजुरी दर्ता गरेका थिए । पीडितकी आमाका अनुसार नाबालिक बच्चामाथि रुम अटेन्डेन्टले सुरुमा स्विमिङ पुलमा बलात्कार गरे र त्यसपछि होटलको कोठामा पनि उनीमाथि दुर्व्यवहार गरेका थिए ।

घटना हुँदा बालिकाकी आमा केही सामान लिन बजार गएको बताइन्छ ।

Share This Article
Leave a Comment

Leave a Reply