भदौ १८, काठमाडौं | ‘तीजको रमाइलो आ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १८, काठमाडौं | ‘तीजको रमाइलो आ"/>
२०८२, १ चैत्र आईतवार
काठमाडौँ - KTM

‘तीजको दरले पेट गडबडी गर्ला बरी लै’

२०७३, १८ भाद्र शनिबार ०१:५२

भदौ १८, काठमाडौं | ‘तीजको रमाइलो आयो बरी लै’ जस्ता गीत बज्न थालेको निकै दिन भयो।  यसले हिन्दू नारीहरूको महान् चाड तीज नजिकिँदैछ भन्ने सन्देश दिन्छ।  टेलिभिजन, रेडियो, युट्युबमा तीजका गीत बजिरहेका छन्।  हिन्दू धर्म, संस्कृतिमध्ये नारीहरूको महान पर्व तीजको दर खाने दिन शनिबार परेको छ। 

प्रत्येक वर्षको भाद्र शुक्ल द्वितीयाका दिन दर खाने र तृतीयाका दिन निराहार बसेर शिवको पूजा गरिन्छ।  धार्मिक रूपमा तीज पर्व महिलाले पुरुषप्रति गरेको त्याग र समर्पणको जीवन्त कथा हो।  पार्वतीले आफ्ना पति रोज्ने अधिकार स्थापित भएको पर्व तीज हो।

महिला अधिकारको गरिमामय चाडका रूपमा रहेको यो पर्व मनाउने क्रममा पछिल्ला वर्षमा केही विकृति भित्रिएका छन्।  बढ्दो तामझाम र सहरीया जीवनशैलीमा आएको परिवर्तनले चेलीलाई घरमा बोलाएर मीठोमसिनो खुवाउने चलन अब होटल, क्याटरिङ र रेस्टुरातिर सरेको छ।  विभिन्न पारिवारिक समूह, सङ्घ, संस्था, टोलछिमेक र पार्टीहरूले चेलीबेटीलाई दर खुवाउन यस्तै ठाउँमा बोलाउने गरेका छन्। 

धेरै दिनसम्म दरको नाममा भोज खाने गर्नाले अस्पतालमा पेटका रोगीको सङ्ख्या बढेको पाइएको छ।  तीजको रमाइला गीतमा एउटा गीत थप्नुपर्ने भएको छ।  त्यो हो– ‘तीजको दरले पेट गडबडी गर्ला बरी लै’।  तीज आउनु निकै अघिदेखि दर खान थालेका महिलालाई परम्पराका गीतका सट्टा चेतनामूलक यस्तै गीत गाउनु सुनाउनुपर्ने अवस्था आएको छ।  तीज आउनु महिना दिनअगावैदेखि दर खाएर पेट दुखाएका महिलाले केही दिनयता आयुर्वेद औषधालय धाउन थालेका छन्। 

बागमती अञ्चल आयुर्वेद औषधालय जयवागेश्वरी र यस अन्तर्गत भद्रबास, इचङ्गुनारायण, कीर्तिपुर, मातातीर्थ र दक्षिणकाली स्वास्थ्य केन्द्रमा दैनिक सरदर २० देखि ३० जना महिला पेटमा खराबी भएको भन्दै उपचार गर्न आउने गरेका छन्।

‘महिलाहरूले तीजको दर खाएरै पेट दुख्यो भनेर खुलाउँदैनन् तर स्वास्थ्य परीक्षण गर्न आउँदा लगाइएको पहिरन र भेषभूषाबाट दरले नै पेट गडबड भएको प्रस्ट्याउँछ,’ जयवागेश्वरीस्थित बागमती अञ्चल आयुर्वेद औषधालय प्रमुख डा. रुपेन्द्र पुरीले भने।

यस औषधालय अन्तर्गतको भद्रबास, इचङ्गुनारायण, कीर्तिपुर, मातातीर्थ र दक्षिणकाली औषधालयमा पेट खराब भएका महिला बढी आउने गरेका छन्।  दर खाने भन्दैमा अबेर रातमा खाने, भोक लागेका समयबाहेकका अवस्थामा धेरै थरिका चिल्ला, पिरा, मसलेदार परिकार खाने र सादा भोजनको सट्टा वाइन बियरसहित पेयपदार्थ पनि दरका नाममा भित्रिएकाले यो समस्या देखा परेको डा. पुरीले बताए। - आजको गोरखापत्रमा खबर छापिएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार