भदौ १८, काठमाडौं | ‘तीजको रमाइलो आ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १८, काठमाडौं | ‘तीजको रमाइलो आ"/>
१ माघ २०८२, बुधबार
काठमाडौँ - KTM

‘तीजको दरले पेट गडबडी गर्ला बरी लै’

१८ भाद्र २०७३, शनिबार ०१:५२

भदौ १८, काठमाडौं | ‘तीजको रमाइलो आयो बरी लै’ जस्ता गीत बज्न थालेको निकै दिन भयो।  यसले हिन्दू नारीहरूको महान् चाड तीज नजिकिँदैछ भन्ने सन्देश दिन्छ।  टेलिभिजन, रेडियो, युट्युबमा तीजका गीत बजिरहेका छन्।  हिन्दू धर्म, संस्कृतिमध्ये नारीहरूको महान पर्व तीजको दर खाने दिन शनिबार परेको छ। 

प्रत्येक वर्षको भाद्र शुक्ल द्वितीयाका दिन दर खाने र तृतीयाका दिन निराहार बसेर शिवको पूजा गरिन्छ।  धार्मिक रूपमा तीज पर्व महिलाले पुरुषप्रति गरेको त्याग र समर्पणको जीवन्त कथा हो।  पार्वतीले आफ्ना पति रोज्ने अधिकार स्थापित भएको पर्व तीज हो।

महिला अधिकारको गरिमामय चाडका रूपमा रहेको यो पर्व मनाउने क्रममा पछिल्ला वर्षमा केही विकृति भित्रिएका छन्।  बढ्दो तामझाम र सहरीया जीवनशैलीमा आएको परिवर्तनले चेलीलाई घरमा बोलाएर मीठोमसिनो खुवाउने चलन अब होटल, क्याटरिङ र रेस्टुरातिर सरेको छ।  विभिन्न पारिवारिक समूह, सङ्घ, संस्था, टोलछिमेक र पार्टीहरूले चेलीबेटीलाई दर खुवाउन यस्तै ठाउँमा बोलाउने गरेका छन्। 

धेरै दिनसम्म दरको नाममा भोज खाने गर्नाले अस्पतालमा पेटका रोगीको सङ्ख्या बढेको पाइएको छ।  तीजको रमाइला गीतमा एउटा गीत थप्नुपर्ने भएको छ।  त्यो हो– ‘तीजको दरले पेट गडबडी गर्ला बरी लै’।  तीज आउनु निकै अघिदेखि दर खान थालेका महिलालाई परम्पराका गीतका सट्टा चेतनामूलक यस्तै गीत गाउनु सुनाउनुपर्ने अवस्था आएको छ।  तीज आउनु महिना दिनअगावैदेखि दर खाएर पेट दुखाएका महिलाले केही दिनयता आयुर्वेद औषधालय धाउन थालेका छन्। 

बागमती अञ्चल आयुर्वेद औषधालय जयवागेश्वरी र यस अन्तर्गत भद्रबास, इचङ्गुनारायण, कीर्तिपुर, मातातीर्थ र दक्षिणकाली स्वास्थ्य केन्द्रमा दैनिक सरदर २० देखि ३० जना महिला पेटमा खराबी भएको भन्दै उपचार गर्न आउने गरेका छन्।

‘महिलाहरूले तीजको दर खाएरै पेट दुख्यो भनेर खुलाउँदैनन् तर स्वास्थ्य परीक्षण गर्न आउँदा लगाइएको पहिरन र भेषभूषाबाट दरले नै पेट गडबड भएको प्रस्ट्याउँछ,’ जयवागेश्वरीस्थित बागमती अञ्चल आयुर्वेद औषधालय प्रमुख डा. रुपेन्द्र पुरीले भने।

यस औषधालय अन्तर्गतको भद्रबास, इचङ्गुनारायण, कीर्तिपुर, मातातीर्थ र दक्षिणकाली औषधालयमा पेट खराब भएका महिला बढी आउने गरेका छन्।  दर खाने भन्दैमा अबेर रातमा खाने, भोक लागेका समयबाहेकका अवस्थामा धेरै थरिका चिल्ला, पिरा, मसलेदार परिकार खाने र सादा भोजनको सट्टा वाइन बियरसहित पेयपदार्थ पनि दरका नाममा भित्रिएकाले यो समस्या देखा परेको डा. पुरीले बताए। - आजको गोरखापत्रमा खबर छापिएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव