तीस जोर लुगाले बचाएको विद्यालय अहिले बन्यो नमूना !

साझासवाल
2 Min Read

भदौ १८, विराटनगर | विद्यार्थी संख्या घटेर पाँचजनामा सीमित भएपछि जिल्ला शिक्षा कार्यालय मोरङले भौडाहा-७ को लक्ष्मी प्राविलाई मर्ज गर्ने प्रक्रिया थाल्यो ।

त्यो विद्यालयलाई नजिकको दुर्गा प्राविमा मिलाउन प्रधानाध्यापक कृष्णबहादुर सुवेदीलाई निर्देशन दिइएको थियो । तर सुवेदी भने विद्यालय मर्जमा जाने प्रक्रिया थाल्नुको साटो पाँच हजार रुपैयाँ बोकेर बिराटनगर लागे।

जिल्ला सदरमुका पुगेर उनले त्यही पैसाले कपडा खरिद गरे। तीस जोर स्कुल ड्रेस उतै सिलाएर भौडाहा फर्किए। गाउँमा विद्यालय जाने उमेरका बालबालिकालाई जहाँजहाँ भेट्यो त्यहीँ नयाँ लुगा लगाइदिन थाले। सुवेदीको अभियान देखेर अभिभावक छक्क परे। यहाँ सीमान्तकृत सरदार, राजवंशी, ताजपुरिया र मुडियार समुदायको बाहुल्य छ।

तेह्र वर्षअघि बन्द गर्न निर्देशन दिइएको त्यही विद्यालय अहिले श्रव्यदृश्यका माध्यमबाट पठनपाठन गराउने विद्यालयका रुपमा जिल्लामै नमुना बनेको खबर आजको अन्नपूर्णमा खबर छापिएको छ।

‘अहिले तीस जोर लुगा बाँडेर विद्यालय बच्यो भनेर सुनाउँदा धेरैले पत्याउँदैनन्’, सुवेदीले भने, ‘बाटोबाटोमा भेटिएका जति सबै बालबालिकालाई नयाँ लुगा लगाइदिएँ घरघघरमा गएर पनि लुगा बाँडेँ।’

२०६० सालमा यस्तो कदम चालेका उनलाई स्थानीय राजकुमार देवले सघाएका थिए।  सुवेदीले यो कदम चाल्नुअघि विद्यालयमा विद्यार्थी संख्या घटेर ५ जनामा सिमित भएको थियो। बाँसको टाटीले बेरेर खरले छाएको विद्यालय भवन ढल्नमात्र बाँकी थियो। विद्यालयको आफ्नै जमिन थिएन। सुवेदीको कदमले चमत्कार गर्‍यो। पहिलो पटक नयाँ ड्रेस पाएका विद्यार्थीहरू भोलिपल्टदेखि विद्यालय आउन थाले। अहिले यो विद्यालउ शिक्षा कार्यालय मोरङको पहलमा जिल्लाकै नमुना विद्यालय बनेको छ। प्राविबाट बढुवा भएर निमावि बनेको छ। विद्यार्थी संख्या बढेर ३ सय पुगेको छ। कम्प्युटर कक्षा, श्रब्यदृश्य कक्षा र नर्सरीमा मन्टेश्वरीकै पाठ्यक्रम राखेर अंग्रेजी माध्यममा पढाइ हुन थालेको छ।

Share This Article
Leave a Comment

Leave a Reply