२०८३, ६ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई कम्पनीको चासो

२०७९, ५ जेष्ठ बिहीबार ००:४७

जेठ ५, काठमाडौँ । सोमबारदेखि व्यावसायिक सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई कम्पनीको चासो बढेको छ । 

कुवेतको जजिरा एयरवेजले सोमबार यात्रुसहित अवतरण र उडान गरेसँगै औपचारिक रूपमा सञ्चालनमा आएको यो नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा जजिराले साताको तीन उडान गर्ने तय भइसकेको छ । वैदेशिक रोजगारीका लागि खाडी मुलुक आउने जाने नेपाली र लुम्बिनी घुम्न आउने धार्मिक पर्यटकलाई आकर्षित गर्ने लक्ष्यसहित सञ्चालनमा आएको यो विमानस्थलमा हाल काठमाडौँमा उडान गर्दै आएका अन्य विदेशी हवाई कम्पनीले चासो बढाएका हुन् ।

भैरहवामा उडान गर्न श्रीलङ्कन एयरलाइन्स, कतार एयरवेज, एयर अरेबिया, थाइल्यान्डको थाई स्माइल, ओमानको सलाम एयरले चासो देखाएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स र बुद्ध एयरले पनि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्न चाहेका छन् । प्राधिकरणका अनुसार एयर अरेबिया, सिङ्गापुर एयरलाइन्स, कम्बोडिया एयरवेज, स्माइल, सलाम एयरलगायतका हवाई कम्पनीले साउनभित्रै उडान गर्ने तयारी गर्दै प्राधिकरण तथा ट्राभल एजेन्सीसँग छलफलसमेत गरिरहेका छन् तर यी कम्पनी अनुमति लिने प्रक्रियामा भने गइसकेका छैनन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ प्रतिनिधि सभाको बैठक शुरू सुनचाँदीको मूल्य घट्यो अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक