2026-09-19 04:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब एमालेको रणनीति ‘दूधभात’

जेठ ६, काठमाडौँ । स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दलको तालमेलबाट अप्ठेरोमापरेको प्रमुख प्रतिपक्षी एमालेले संघीय प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन आफ्नो पक्षमा पार्न पार्टी रणनीति बदल्ने भएको छ। अहिले स्थानीय निर्वाचनमा सत्ता गठबन्धन दलबीच भएको तालमेलबाट सबैभन्दा बढी नेपाली काँग्रेस र माओवादी केन्द्रलाई फाइदा पुगेको छ। यसैकारण स्थानीय तहमा अप्ठेरोमा परेको एमाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आफ्नो पक्षमा पार्न बेलैदेखि रणनीति बदल्ने तयारीमा लागेको हो।

स्थानीय तह निर्वाचन हुनुभन्दा पाँच दिनअघि वैशाख २५ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रलाई लक्षित गर्दै भनेका थिए, ‘जसले दूधभात बढी दिन्छ उसैतिर हुन्छ ऊ, अर्कोपटक हामीले दूधभात दिन्छौं ।’ चुनावी दौडधुपमा रहेका ओलीले वर्तमान सत्ता गठबन्धन भत्कन सक्ने र त्यसका लागि दूधभातको आवश्यकता रहेको संकेत गरेका थिए। २०७४ सालमा भएको संघीय प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो। त्यसबेला एमालेले माओवादीलाई बढी सिट दिएको थियो । बढी सिट पाएपछि माओवादी केन्द्र तत्कालीन सत्ता साझेदार कांग्रेसलाई छाडेर एमालेसँग गठबन्धन गर्न आएको थियो। 

– आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा