2026-09-19 04:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा पेट्रोल र डिजेलको मूल्य घट्यो, इमरान खानले गरे मोदी सरकारको तारिफ

जेठ ८, काठमाडौं | भारत सरकारले शनिबार पेट्रोल र डिजेलको मूल्य घटाएको घोषणा गरेको छ। केन्द्र सरकारले पेट्रोल र डिजेलमा अन्तःशुल्क घटाएको छ। सरकारले पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजेलमा प्रतिलिटर ६ रुपैयाँ अन्तःशुल्क घटाएको हो। यससँगै वित्तमन्त्री निर्मला सीतारमणले प्रधानमन्त्री उज्ज्वला ग्यास योजनाका लाभार्थीहरूलाई २०० रुपैयाँ अनुदान दिने घोषणा पनि गरिन्।

भारत सरकारको यो निर्णयले भारतका आम जनतालाई ठूलो राहत दिएको छ । मोदी सरकारको यो निर्णयको असर पाकिस्तानमा पनि परेको छ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले भारत सरकारको यो निर्णयको प्रशंसा गरेका छन्। उनले ट्वीट गर्दै मोदी सरकारको तारिफ गरेका छन्।

‘क्वाडको हिस्सा भएर पनि भारत अमेरिकाको दबाबमा झुकेन र रुसबाट सस्तो तेल किनेर आफ्ना जनतालाई राहत दिएको छ। हाम्रो सरकार स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गरेर यही हासिल गर्न काम गरिरहेको थियो।’, उनले लेखेका छन्, ‘ हाम्रो सरकारको लागि पाकिस्तानको हित सबैभन्दा माथि थियो तर दुर्भाग्यवश यहाँ मीर जाफर र मीर सादिक बाहिरी दबाबमा षड्यन्त्रका मोहोरा बने र अहिले उनीहरू अर्थतन्त्रलाई घाटामा लैजान लागेका छन्। ‘

इमरान खानले भारतको प्रशंसा गरेको यो पहिलो पटक भने होइन। यसअघि एक र्‍यालीमा उनले छिमेकी मुलुकको परराष्ट्र नीति जनताको हितमा भएको बताएका थिए। 

शनिबार साँझ भारतकी केन्द्रीय वित्तमन्त्री निर्मला सीतारमणले पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजेलमा ६ रुपैयाँ  अन्तःशुल्क घटेको घोषणा गरिन्।  

मार्चमा पाँच राज्यको निर्वाचन सकिएपछि पेट्रोल र डिजेलको मूल्य बढ्न थालेपछि पेट्रोलले प्रतिलिटर सय रुपैयाँ नाघेको थियो। बीबीसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा