2026-09-19 03:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इजरेलले आफ्ना पत्रकारको हत्या गरेपछि हेगमा गयो अल जजीरा

जेठ १३, काठमाडौं | अल जजीरा मिडिया नेटवर्कले आफ्नो पत्रकार शिरिन अबु अक्लेहको हत्यालाई हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) मा पठाउन कानूनी टोली खटाएको छ।

अल जजीराले बिहीबार एक विज्ञप्ति जारी गर्दै आफूले विज्ञसहितको अन्तर्राष्ट्रिय समिति गठन गरेको र अबु अक्लेहको हत्याको मुद्दालाई आईसीसीका अभियोजक कहाँ पेश गर्न दस्तावेज तयार गरिरहेको बताएको हो ।

मे ११ मा कब्जा गरिएको वेस्ट बैंकको जेनिन शरणार्थी शिविर नजिकै इजरेली सेनाले गोली हानेर अबु अक्लेहको हत्या गरेको थियो ।

उनको हत्या बाहेक अल जजीराले इजरेली बमबारी र  सन् २०२१ को मेमा अल जजीराको कार्यालयमा गरेको आक्रमण र अन्य पत्रकारहरुलाई निशाना बनाएका मुद्दाहरु पेश गर्ने भएको छ ।

अल जजीरा नेटवर्कको विज्ञप्तिमा भनिएको छ कि युद्ध क्षेत्र वा कब्जा गरिएका क्षेत्रहरूमा काम गर्ने पत्रकारहरूको हत्या वा शारीरिक आक्रमण अन्तर्राष्ट्रिय फौजदारी अदालतको चार्टरको धारा ८ अन्तर्गत युद्ध अपराध हो।

‘अल जजीरा मिडिया नेटवर्कले कब्जा गरेको प्यालेस्टिनी क्षेत्रमा चलिरहेको द्वन्द्वलाई कभर गर्ने पेशाकर्मी पत्रकारको रूपमा नेटवर्कसँग २५ वर्ष काम गरेका हाम्रा सहकर्मी शिरिन अबु अक्लेहको हत्याको निन्दा गर्दछ,’ नेटवर्कले जारी गरेको विज्ञप्तिमा भनेको छ ।

अल जजीराले जारी गरेको विज्ञप्तिमा अघि भनिएको छ, ‘नेटवर्कले शिरिनको लागि न्याय प्राप्त गर्न हरेक बाटो पछ्याउने, उनको हत्याका लागि जिम्मेवार व्यक्तिहरूलाई न्यायको कठघरामा ल्याउने र सबै अन्तर्राष्ट्रिय न्याय र कानूनी प्लेटफर्महरू र अदालतहरूमा जवाफदेही बनाइने सुनिश्चित गर्ने वाचा गर्दछ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै