Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

जबरजस्ती करणी गर्न खोज्ने पुरुषको हत्या आरोपमा पक्राउ परेकी नाबालिकालाई प्रहरीको यातना

By साझासवाल

<p><b>जेठ १५, काठमाडौँ |</b> जबरजस्ती करणी गर्न खोज्ने एक पुरुषको हत्या आरोपमा पक्राउ परेकी नाबालिकालाई प्रहरीले यातना दिएको घटना सार्वजनिक भएको छ। जितपुरसिमरा उपमहानगरपालिका-६, नगौल टोलकी १६ वर्षीया नाबालिका निरुता केसीलाई स्थानीय राकेशभक्त पौडेलको हत्या आरोपमा पक्राउ गरी इलाका प्रहरी कार्यालय सिमरा र जिल्ला प्रहरी कार्यालय बाराको अपराध अनुसन्धान टोलीले थुनामा राखेर यातना दिएको पीडितकी आमा दुर्गादेवी क्षेत्रीको आरोप छ।<br></p><p>वैशाख ३० गते बिहानै राकेशको हत्या गरेको आरोपमा कक्षा ११ मा पढ्दै गरेकी निरुतालाई प्रहरीले जेठ ८ गते नियन्त्रणमा लिएको थियो। त्यसपछि प्रहरीले थुनामा राखेर शारीरिक र मानसिक यातना दिँदै आएको बालिकाकी आमाले बताएकी छिन्।&nbsp;</p><p>आफूलाई पनि प्रहरीले छोरीसँगै एक दिन थुनामा राखेको उनले बताइन्। त्यसैबेला प्रहरीको कुटाइबाट छोरीको खुट्टा फुलेको र निलडाम परेको आफूले देखेको उनले बताइन्। प्रहरीको कुटाइबाट छोरीको खुट्टा फुलेको देखेपछि आफूले भित्रै तेल मगाएर मालिससमेत गरिदिएको दुर्गादेवीले सुनाइन्। इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले राकेशभक्तको हत्याबारे अनुसन्धान भइरहेकाले केही भन्न नसकिने बताएका छन्। आजको नागरिक दैनिकमा समाचार छ ।</p>