एजेन्सी | भारतको आर्थिक राजधानी मुम्बईमा एक जना किशोरले आमाले मोबाइलमा गेम खेल्न नदिएको झोकमा आत्महत्या गरेका छन् । १६ वर्षका ती किशोरको नाम ओम भरत रहेको प्रहरीले बताएको छ । उनले आत्महत्या गर्नुअघि एक सुसाइड नोट पनि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... एजेन्सी | भारतको आर्थिक राजधानी मुम्बईमा एक जना किशोरले आमाले मोबाइलमा गेम खेल्न नदिएको झोकमा आत्महत्या गरेका छन् । १६ वर्षका ती किशोरको नाम ओम भरत रहेको प्रहरीले बताएको छ । उनले आत्महत्या गर्नुअघि एक सुसाइड नोट पनि"/>
2026-06-17 03:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आमाले मोबाइलमा गेम खेल्न नदिएको झोकमा किशोरले गरे आत्महत्या

जेठ २८,  मुम्बई | एजेन्सी | भारतको आर्थिक राजधानी मुम्बईमा एक जना किशोरले आमाले मोबाइलमा गेम खेल्न नदिएको झोकमा आत्महत्या गरेका छन् । १६ वर्षका ती किशोरको नाम ओम भरत रहेको प्रहरीले बताएको छ । उनले आत्महत्या गर्नुअघि एक सुसाइड नोट पनि लेखेको पाइएको छ ।

सुसाइड नोटमा मृतकले आफूलाई घरपरिवारले सधैँ पढ्न मात्र दबाब दिने गरेको लेखेका छन् । सोही नोटमा उनले आत्महत्या गर्न गएको , अब कहिल्यै नआउने र खोज्ने प्रयास नगर्नु भनेर लेखेका छन् । बिहीबार साँझ नै ओम मोबाइलमा गेम खेलिरहेको बेला उनकी आमाले उनको हातबाट मोबाइल खोसेर नपढेको भन्दै गाली गरिन् ।

केही समयपछि आमा घर फर्किँदा उनले छोराले छाडेको सुसाइड नोट फेला पारेपछि मात्र थाहा पाइन् । सुसाइड नोट पाएपछि लगतै परिवारले  प्रहरी चौकीमा खबर गरेका थिए । केही समयपछि प्रहरीले मलाड र कांदिवली स्टेशनको बीचमा एक शव फेला परेको जानकारी पाए । प्रहरी अनुसन्धानमा यो शव ओमकै रहेको खुलेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ