असार १, पाकिस्ता | पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नीमाथि घूसवापत् ५ अर्ब रकम र ४५८ बिगाहा जमिन लिएको आरोप लागेको छ ।

पत्रकार सम्मेलनमा इस्लामावादमा बोल्दै पाकिस्तानका आन्तरिक मामलामन्त्री राना सानाउल्लाले खान र उनकी पत्नी बुसरा बिबीले ५ अर्ब पाकिस्तानी रुपी र ४५८ बिगाहा जमिन घूस लिएको आरोप लगाएका हुन् । तेहरिक इ इन्साफ पार्टी सत्तामा हुँदा खानले घरजग्गा व्यवसायीको कालो धनलाई सेतो बनाउन घूस लिएको आरोप लगाएको डन पत्रिकाले लेखेको छ ।

५० अर्ब पाकिस्तानी रुपी बराबरको कालो धनलाई एउटा घरजग्गा व्यवसाय सम्बन्धी कम्पनीले सेतो बनाएको उल्लेख गरे । व्यवसायी र खानकी पत्नी बुशरा बिबी बीचको निकटता देखि घूसको लेनदेनबारे समेत उनले गम्भीर आरोप लगाए ।

खान सत्ताबाट हटेपछि पाकिस्तानको वर्तमान सरकारविरुद्ध कडा रुपमा प्रस्तुत हुँदै आएको छ ।

June 15, 2022
काठमाडौँ - KTM, पत्रपत्रिकाबाट
इमरान खान र श्रीमती बुशरा बीबीमाथि घूसवापत् अरबौं रकम र सयौं बिगाहा जमिन लिएको आरोप
By साझासवाल
2 मिनेट पढाइ