असार ११, अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिकामा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । गाउँपालिकाको वडा नम्बर २ डाँडाकटेरीका कमल भुसालले आफ्नो श्रीमती २७ वर्षिय सरु भट्टराई भुसालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

शाहीटोलको जगंलमा श्रीमान श्रीमती घाँस काट्न गएको बेला रुमालले घाँटी थिंचेर श्रीमतीको हत्या गरेर भुसाल इलाका प्रहरी चौकी खनदहमा प्रहरी चौकीमा पुगेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।

उनले श्रीमती हत्या गरि सेउलाले छोपेको समेत बताइएको छ । यसविषयमा थप अनुसन्धान गर्न प्रहरी घटनास्थलमा पुगेको छ ।

- आजको राजधानीमा समाचार छ ।