2026-09-19 03:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालबाट पहिलो पटक सिमेन्ट निर्यात

असार २५, काठमाडौँ । नेपालबाट पहिलो पटक सिमेन्ट निर्यात भएको छ । पश्चिम नवलपरासीको सुनवल-७ मा रहेको पाल्पा सिमेन्ट इन्डस्ट्रिजले आफ्नो उत्पादन ‘तानसेन’ सिमेन्ट शुक्रबार पहिलो पटक भारत निर्यात गरेको हो । यससँगै देशभरका पाँच दर्जनभन्दा बढी सिमेन्ट उद्योगलाई आफ्नो उत्पादन निर्यात गर्ने ढोका पनि खुला भएको छ।

शुक्रबार आयोजित कार्यक्रमबीच पाल्पा सिमेन्टले करिब तीन हजार बोरा सिमेन्ट बोकेका ट्रक भारततर्फ पठाएको हो । स्थापनाको चार वर्षमै सिमेन्ट निर्यात गर्ने अवस्थामा पुगेको उद्योगका जनसम्पर्क प्रबन्धक जीवन निरौलाले जानकारी दिए । “अब मागका आधारमा दैनिक सिमेन्ट पठाउने तयारी छ,” उहाँले भन्नुभयो। पाल्पा सिमेन्टले पाल्पाको माथागढी-७, रहबासमा रहेको खानीको चुनढुङ्गा प्रयोग गर्दै आएको छ । 

हाल यो उद्योगले दैनिक एक हजार आठ सय मेट्रिक टन क्लिङ्कर र करिब तीन हजार मेट्रिक टन सिमेन्ट (जडित क्षमताका आधारमा) उत्पादन गर्दै रहेको छ। वर्षोंदेखि निजी क्षेत्रले सिमेन्ट निर्यातको वातावरण तयार गर्न आग्रह गर्दै आएकोमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेटले त्यसलाई सम्बोधन गरेको थियो । 

– आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै