2026-09-19 02:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाबाट श्रीमतीले रुँदै फोन गर्छिन्, उद्धारका लागि श्रीमानको हारगुहार

साउन २५, नेपालगञ्ज | दुई बच्चाकी आमा। घरपरिवारको सल्लाह अनुसार नै मलेसिया पुगिन्। ६ महिना हुन नपाउँदै महिलाले रुँदै घरमा फोन गरेर आफूलाई उद्धार गर्न अनुनय विनय गरिरहेकी छन्।

जाँदा श्रीमानको स्वीकृति थियो। उनले भारत हुँदै मलेसिया पठाएका थिए। श्रीमतीलाई अप्ठ्याराे परेको खबर पाएपछि अहिले श्रीमान माइती नेपाल, नेपालगञ्जको शरणमा पुगेका छन्।

उनले जसरी भए पनि श्रीमतीलाई नेपाल ल्याइदिन अनुरोध गरेका छन्।

महिला पढेलेखेकी छैनिन्। कहिलेकाँही लुकेर फोन गर्दा ठेगानासमेत भन्न सक्दिनन्। न त उनलाई बाहिर निस्किन नै दिइन्छ।

खाडी मुलुकबाट अप्ठयाराेमा परेका महिलालाई उद्धार गर्ने सरकारी संयन्त्र छैन। न त संघसंस्थाको पहुँच नै छ। श्रीमानले कहिले फोनमा त कहिले कार्यालयमै आएर उद्धार गरिदिनु पर्‍याे भन्छन्।

माइती नेपाल, नेपालगञ्जका संयोजक केशव कोइरालाले ती महिलाको उद्धारका लागि प्रयास गरिरहेका छन्। ‘ठेगानासम्म थाहा पाउन सकेको भए सहज हुन्थ्यो। त्यही पनि हामी लागि परेका छौँ’, कोइरालाले भने।

माइती नेपाल, नेपालगञ्जमा खोजतलासका लागि यी र यस्तै ७ सय १२ वटा निवेदन परेका छन्। आर्थिक वर्ष २०७८/७९ मा परेका यस्ता निवेदनमध्ये २ सय ८५ जना फेला परेका छन्। नेपाल र भारतमा हराएका फेला परेका छन् भने खाडी मुलुकमा पुगेकाको उद्धार गर्न चुनौती रहेको छ।

कार्यालयमा परेका खोजतलासका निवेदनमध्ये २० प्रतिशतजति खाडी मुलुकको रहेको कोइरालाले जानकारी दिए।

वैदेशिक रोजगारका लागि दलालमार्फत भारत हुँदै खाडी मुलुकमा पुगेका महिलाले दुःख पाएका छन्। घरपरिवारकै सल्लाहमा गएको पनि केही सम्पर्कमै आएका छैनन् भने सम्पर्कमा आएकाले पनि दुःख पाएकाले उद्धार गरिदिन अनुरोध गरेका छन्।

तथ्यांकअनुसार, खोजतलासका लागि निवेदन पर्नेमा बाँके जिल्ला एक नम्बरमा रहेको छ। त्यसपछि सुर्खेत, दाङ, बर्दियालगायत रहेका छन्।

माइती नेपाल, नेपालगञ्जले जोखिमपूर्ण यात्रामा रहेका ६ सय २७ जनाको नाकाबाट उद्धार गरेको छ। भारत या भारत हुँदै खाडी मुलुक जान हिँडेका यी महिलालाई माइती नेपालले प्रहरीसँग मिलेर नाकाबाट फिर्ता गरेको हो। यसरी फिर्ता हुनेमा सुर्खेतका धेरै महिला रहेका छन्।

नेपालगञ्ज नाका सधैं भीडभाड हुने भएकाले दलालले भारत हुँदै खाडी मुलुक लैजानका लागि यो नाका प्रयोग गर्ने गरेको पाइन्छ। सिन्धुपाल्चोक, नुवाकोटका महिलासमेत खाडी जानका लागि नेपालगञ्ज नाका प्रयोग गर्ने गर्दछन्।

सीमावर्ती भारतीय बजार रुपैडिहामा किनमेल गर्न जानेदेखि भारतमा औषधी उपचार र मौसमी काम गर्न जाने र आउनेको भीड हुने भएकाले दलालले भीडको फाइदा उठाएर भारत या खाडी मुलुक जाने महिलालाई यहाँबाट लगेको पाइन्छ।

यद्यपि, नेपालगञ्ज नाकामा मानव बेचबिखनविरुद्ध काम गर्ने माइती नेपाललगायतका संघसंस्थाले सधैं निगरानी गरिरहेका हुन्छन्।

राम्रो काम र दामको आशामा भारत तथा खाडी मुलुकमा पुगेर अप्ठेरोमा पर्ने महिलाको उद्धार गर्न साह्रै अप्ठ्याराे रहेको छ। भारत तथा खाडीबाट उद्धार गर्न सरकारी संयन्त्र नहुनु र संघसंस्थाले त्यहाँका व्यक्ति वा संघसंस्था वा ती मार्फत प्रहरी प्रशासन लगाएर जोखिममा परेका नेपाली महिलाको उद्धार गर्ने गरेका छन्।

गरिबी, अशिक्षा र देखासिकीमा महिलाहरू दलालको पञ्जामा परेर अवैध बाटोबाट खाडी मुलुकको यात्रा गर्दा जोखिममा पर्ने गरेका छन्। भारत तथा खाडी मुलुक जानेमा पछिल्लो समय यस क्षेत्रको पहाडी जिल्लाका महिलासमेत अगाडि देखिन्छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो