2026-09-19 02:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भिजिट भिसामा युएई हिँडेका १८ जना महिलालाई जब अध्यागमनले रोक्यो…

साउन २६, काठमाडौँ । भिजिट भिसामा युएई हिँडेका १८ जना महिलालाई त्रिअबी अध्यागमन कार्यालयले प्रस्थान अनुमति दिन अस्वीकार गरेको छ। गृह मन्त्रालयले तोकेको मापदण्ड पूरा नगरी युएई हिँडेका उनीहरुलाई बुधबार अध्यागम कार्यालयले ‘अफलोड’ गरेको हो।

अध्यागमन स्रोतका अनुसार अधिकांशले मापदण्ड पूरा नगरेको र भनेबमोजिम कागजात पेस गर्न सकेनन्। ‘अधिकांश महिलाले गृह मन्त्रालयले जारी गरेको मापदण्डको बुँदा ५ लाई टेकेर भिजिट भिसामा युएई जान हिँडेका थिए। तर कसैले पनि त्यसको औचित्य पुष्टि हुने कागजात पेस गर्न सकेनन्। जसका कारण सबैको प्रस्थान अनुमति अस्वीकार गरेको हो,’ स्रोतले भने।

गृह मन्त्रालयले जारी गरेको मापदण्डको बुँदा ५ मा आफ्नो घरको नातेदारका साथमा भ्रमणमा जाने तथा एकाघरको व्यक्तिको आमन्त्रण र प्रायोजनामा जाने व्यक्ति वैदेशिक रोजगारमा रहेकाहरुको नातेदार समेत हुने उल्लेख छ।

महिलाहरुको यत्रो ठूलो समूहलाई दलालहरुले अन्य प्रायोजका निम्ति विदेश लैजान लागेको आशंका अध्यागमन कार्यालयका अधिकारीहरुको छ। ‘यतिका धेरै जनामध्ये कसै न कसैले त कागजात पेस गर्न सक्थ्यो। तर कसैले पनि पेस नगरेपछि आशंका बढेर गयो,’ स्रोतको दाबी छ।

अध्यागन कार्यालयका अनुसार ‘अफलोड’ हुनेमा सोलुखुम्बुका सन्जिता राई, भोजपुरका कविता राई डंगोल, देवकी राई, प्यामदेकी शेर्पा, झापाका सुनिता तामाङ,  बर्दियाका सुकी विक, सिन्धुपाल्चोकका सुकुमाया तामाङ, कालिकोटका कमला बोहोरा, दाङका मोतीकला नेपाली, शान्तिदेवी विश्वकर्मा, सर्लाहीका पुनम थापा मगर, रसुवाका कल्पना थिङ, गोरखाका दुर्ग बानिया रहेका छन्।

त्यस्तै कलालीका प्रिया धिताल, दैलेखका सुनिता थापा, धादिङका दुर्गा परियार, सुर्खेतका गौरी बादी र सुनसरीका माइती कुमारी विश्वकर्मा रहेका छन्।

त्यस्तै आजै वैदेशिक रोजगारका लागि कतार हिँडेका चार जनालाई प्रस्थान अनुमति दिन अस्वीकार गरिएको छ। अध्यागमन कार्यालयले पाल्पाका भरत झेन्डी, खेमबहादुर झेन्डी, लोहबिर झेन्डी मगर र शेरबहादुर झेन्डी रहेका छन्। उनीहरुसँग श्रम स्वीकृति नरहेका अफलोड गरिएको अध्यागमन कार्यालयले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो