2026-09-19 02:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युक्रेन युद्धपछि रुसी अर्थतन्त्र खुम्चिएर चार वर्ष पछि धकेलियो

साउन २८, काठमाडौँ | एजेन्सी | रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सुरु गरेको युक्रेन आक्रमणको कारण रुसको अर्थतन्त्र ४ प्रतिशतले खुम्चिएर सन् २०१८ को स्तरमा पुगेको छ । कोरोना महामारीबाट बाहिरिएर सन् २०२२ को सुरुदेखि गति लिन थालेको रुसी अर्थतन्त्र दोस्रो त्रैमासिकमा खुम्चिएको तथ्याङ्कले देखाएको छ । 

शुक्रबार बैंक अफ रसियाले सार्वजनिक गरेको तथ्याङ्कले देशको कुल ग्राहस्थ उत्पादन कोरोना कालको प्रारम्भिक अवस्थापछि पुन खुम्चिएको देखाएको छ । तर पश्चिमी विश्लेषकहरूले प्रतिबन्धले रुसी अर्थतन्त्रमा जति असर गर्नेछ भनेर प्रक्षेपण गरेका थिए, त्यस्तो असर देखिएको छैन । 

युक्रेनमा आक्रमण गरेपछि रुसविरुद्ध लगाइएका अन्तर्राष्ट्रिय प्रतिबन्धले रुसी निर्यातमा ठूलो धक्का लागेको छ । 

कार निर्माणजस्ता विभिन्न निर्माण उद्योगहरू ठप्प प्राय छन् । त्यस्तै उपभोक्ताको खर्च पनि घटेको छ । रुसी अर्थतन्त्रमाथिको प्रतिबन्धको असर अपेक्षित रूपमा बढी नभए पनि यो बिस्तारै बढ्दै जाने र आगामी वर्षको पहिलो ६ महिनामा सबैभन्दा बढी प्रभाव हुनेछ । 

‘अर्थतन्त्र नयाँ दीर्घकालीन सन्तुलनतर्फ अघि बढ्नेछ । अर्थतन्त्रको पुनर्संरचना एक चरण पुरा भएपछि यसको वृद्धि हुन थाल्नेछ,’ मस्कोमा बोल्दै बैंक अफ रसियाका सहायक गर्भनर एलेक्सी जाबाट्कीनले भने । बैंक अफ रसियाले मुद्रा नियन्त्रणमार्फत बजार तथा रुबलको अस्थिरतालाई धेरै हदसम्म नियन्त्रण गर्न सफल भएकाले रुसी अर्थतन्त्रमा न्युन प्रभाव देखिएको हो ।

गत महिना बैंकले अन्तर्राष्ट्रिय प्रतिबन्धको प्रभाव पर्न नदिन वित्तीय अनुदान र पटक पटकको मौद्रिक नीति लागु गर्‍यो । यी सब कदमका बाबजुद रुसको अर्थतन्त्र यो त्रैमासिकमा ७ प्रतिशतले खुम्चिने र वर्षको अन्तिम तीन महिनाको असर थप घातक हुने बैंक अफ रसियाले अनुमान गरेको छ । ब्लुमवर्गबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो