2026-09-19 02:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कैलालीको गोदावरीमा पाँचतारे होटल बन्दै, शशांकले गरे‍ शिलान्यास

साउन २८, काठमाडौँ | कैलालीको गोदावरी-७ मा पाँचतारे होटलको शिलान्यास गरिएको छ । नगरपालिका- ७ हरैयामा आईडिया होटल एण्ड क्यासिनो खोल्ने घोषणा गरिएको हो ।

उक्त होटलको शनिबार एक कार्यक्रमका बीच प्रतिनिधि सभा सांसद एवं नेपाली कांग्रेसका नेता शशांक कोइरालाले शिलान्यास गरेका हुन् । होटलको शिलान्यास गर्दै कोइरालाले होटल व्यवसायले सद्भावको भावना जागृत गर्ने बताए । उनले होटल व्यवसायले यस क्षेत्रको आर्थिक विकासमा मद्दत गर्ने बताए ।

‘होटल भनेको एउटा यस्तो व्यवसाय हो । जसले सदभावको भावना जागृत गराउँछ । होटलमा देश बाहिरबाट आएका मानिसलाई पनि सद्भाव सत्कार सम्मानका साथ बसाउन सकियो भने उनीहरु पटक–पटक यहाँ आउने गर्दछन्’ उनले भने, ‘यहाँ क्यासिनो स्थापना गर्न सकियो भने त्यसले पनि यस क्षेत्रको आर्थिक वृद्धि गर्न मदत गर्दछ ।’

उनले होटलबाट भएको आम्दानी सामाजिक क्षेत्रमा पनि लगाउन आग्रह गरे । उनले भने  ‘मेरो भनाई भने के हो भने होटलको मालिकले आफ्नो आम्दानीको केही मात्रामा सामाजिक काममा लगाउनु पर्छ ।’

आइडिया नेपालका अध्यक्ष गोकर्ण श्रेष्ठले होटलमा १५० गेस्ट रुम रहने बताए । उनले होटलको २ हजार जना अटाउने सेमिनार हल, १ हजार ५ सय जनाले एकैपटक खेल्न सक्ने क्यासिनो लगायतका सेवा संचालन हुने बताए ।

आइडिया ग्रुपको नाममा २३ बिगाह सो क्षेत्रमा जग्गा रहेको र जसमध्ये २ बिगाह जग्गामा होटल र अन्य क्षेत्रमा आइडिया सिटी निर्माण गरिने बताइएको छ । जसमा अपारमेन्ट निर्माण गरिने बताए । आइडिया नेपालका अध्यक्ष श्रेष्ठले होटल क्यासिनोले सयौं मान्छेलाई रोजगारी दिने बताए । उनले होटल संचालनका लागि २ अर्व लगानी लाग्ने अनुमान गरिएको बताए । होटल १५ तलाको हुने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो