2026-06-20 06:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साढे २ किलो ‘सुन जडित कपडा’ सहित चारजना विमानस्थलबाट पक्राउ

भदौ १, काठमाडौँ |  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट 'सुनसहितको कपडा' सहित चारजना पक्राउ परेका छन् ।

दुबईबाट आएका सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका १ का २४ वर्षीय सोमबहादुर बिकलाई एक किलो र मोरङ पथरी शनिश्‍चरे ४ का २८ वर्षाय रिवाज गजमेर तथा अन्य दुईजनालाई 'सुनसहितको कपडा'सहित पक्राउ गरेको हो । 


साउन २९ गते विमानस्थलको आगमन टनेल गेटमा चेकजाँच गर्दा उनले लगाएको खैरो रङको कटनको पाइन्ट र कालो–खैरो छिर्के भित्री वस्‍त्र अस्वाभाविक देखिएको र चेकजाँच गर्दा अन्य कपडाको भन्दा फरक किसिमको आकृति देखिएपछि प्रहरीले उनलाई सोधपुछ गरको थियो । जवाफमा उनले सो कपडा लिन सिन्धुपाल्चोक भोटेकोशी ५ का धनबहादुर बिक आउने बताएका थिए । 

उनको बयानका आधार प्रहरीले ३० वर्षीय धनबहादुरलाई नियन्त्रणमा लिएको थियो । उनीसँग सोधपुछ गर्दा 'सुनसहितको कपडा लैजानका लागि आएको हुँ' बताएको विमानस्थल प्रहरीले जनाएको छ ।

त्यसैगरी साउन ३० गते दुबईबाटै आएका मोरङ पथरी शनिश्‍चरे ४ का २८ वर्षाय रिवाज गजमेरलाई पनि प्रहरीले पक्राउ गरेको छ । चेकजाँचमा क्रममा खरानी रङको कटनको पाइन्ट, खैरो रङको गन्जी र कालो खैरो छिर्के भित्री वस्‍त्रको तौल अस्वाभाविक रूपमा एक केजी ७०० ग्रामको देखिएपछि प्रहरीले सोधपुछ गरेको थियो । 

उनले पछि 'सुनसहितको कपडा' भएको जवाफ दिएका थिए । साथै उनले सो कपडा लिन शेखर नाम गरेको व्यक्ति आउने बताएका थिए । उनैलाई शेखर भनिएको व्यक्तिलाई बोलाउन लगाउँदा सिन्धुली कमलामाई ५ का २६ वर्षीय सागर न्यौपाने आएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार उनले पनि "उक्त सुनसहितको कपडा लैजानका लागि आएको' बताएका थिए ।

उनीहरूलाई सबैलाई आवश्‍यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने रास्वपाको केन्द्रीय समिति बैठक चितवनमा सुरू एक बृद्धको हत्याको आरोप आमाछोरा पक्राउ पौडी खेल्ने क्रममा एक युवक बेपत्ता पार्टीको भविष्य, विचार र सङ्गठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुन्छ: महेश बस्नेत रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ