2026-09-19 02:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

५ बजे पछाडि कार्यालय खोलेको भन्दै विभागमाथि उजुरी

भदौ ४, काठमाडौं | सरकारी कार्यालय बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म खुल्छन् । तर, केही अघिसम्म वैदेशिक रोजगार विभागलाई १०–५ को तालिकाले छोएको थिएन । कामको चाप हुँदा विभागका कर्मचारीहरू कहिले बिहानैदेखि, कहिले राति अबेरसम्म पनि बसेर काम गर्दथे ।

तर, ५ बजेभन्दा पछाडि किन कार्यालय खोलिएको भन्दै विभागमाथि प्रश्न उठ्यो । प्रश्न मात्र उठेन, त्यसमा उजुरी नै पर्‍यो । त्यसपछि अहिले विभागले पनि अन्य सरकारी कार्यालय सरह १० देखि ५ बजेसम्म मात्र कार्यालयको काम गर्दै आएको छ । यसरी सरकारले तोकेको समयमा मात्रै कार्यालय खोल्दा धेरै सेवाग्राही मर्कामा पर्न थालेका छन् ।

सरकारी नियमभन्दा पनि मानवीय नाताले १/२ घण्टा बढी सेवा प्रवाह गर्दै आएकोमा प्रश्न उठाइएको विभागका निर्देशक डम्बर बहादुर सुनुवार बताउँछन् । विभागका कर्मचारीहरूले इजरायल पठाउने नेपाली कामदार छनोटका क्रममा राति ८ बजेसम्म पनि काम गरेका थिए । अहोरात्र खटिएर कर्मचारीले काम गरेकै कारण विभागले छोटो समयमै सबै काम सम्पन्न गरेको थियो ।

त्यस्तै विदेशमा अलपत्र परेर उद्धार गर्नुपरेका, ठगीमा परेका लगायतका पीडितहरूसँग पनि विभागका कर्मचारी अबेरसम्म बसेर उनीहरूका गुनासो सुन्दै आएका थिए । अर्कोतिर मेनपावर कम्पनीले राष्ट्रिय दैनिकमा विज्ञापन प्रकाशनका लागि विभागको अनुमति लिनुपर्छ । विभागका कर्मचारीहरू राति अबेरसम्म पनि बसेर ती विज्ञापन स्वीकृत गरिदिन्थे । सकभर सेवाग्राहीको काम गर्नुपर्छ भन्ने मान्यता विभागको थियो । तर, कार्यालय ढिलासम्म खोलेको भन्दै मेनपावर व्यवसायीले प्रश्न उठाएपछि विभागले अहिले बेलुका ५ बजेभन्दा ढिला सेवा दिन बन्द गराएको छ ।

केही दिन अगाडि विभागले १४८ मेन पावर कम्पनीलाई कारबाही गरेको थियो । उनीहरूलाई ५० हजारका दरले जरिवानासमेत गराएको थियो । त्यसरी कारबाहीमा परेपछि उनीहरू विभागमा पुगेर कर्मचारीलाई ढिला गरी कार्यालय खोलिएकोमा प्रश्न उठाए । मेनपावर एजेन्सीहरुले पत्रिकामा विज्ञापन प्रकाशन गर्ने भनेर अनुमति लिएको तर विज्ञापन प्रकाशन नगर्ने गरेको भन्ने उजुरी विभागमा आएको थियो ।

उजुरीपछि विभागले चेक गर्दा १४८ मेन पावर कम्पनीले विज्ञापन प्रकाशन गर्ने भनेर अनुमति लिएको तर, विज्ञापन प्रकाशन नगरेको पाइएको थियो । त्यसपछि उनीहरूलाई कारबाही गरिएको विभागका निर्देशक सुनुवारले बताए ।

कारबाहीमा परेका व्यवसायीले विभागसँग सुरुमा कारबाही नगर्न र एक पटक मौका दिन आग्रह गरेका थिए । तर, विभागले त्यसमा मौका दिन नसकिने प्रष्ट पारेको थियो । ‘त्यसपछि तपाईहरूले कार्यालय समयभन्दा पछाडि गएर विज्ञापन एप्रुभ गरिदिनु हुन्छ । हाम्रा कर्मचारी ५ बजे पछाडि घर गइहाल्छन् । तपाईले ७ बजे एप्रुभ गरिदिनुभयो भने हामीले थाहा पाउँदैनौँ । थाहा नपाएपछि भोलिपल्टको पत्रिकामा प्रकाशन गर भने सूचना दिन सकेनौँ भनेर उहाँहरूले भन्नुभयो ।’ निर्देशक सुनुवारले भने ।

राति ७ बजे एप्रुभ गरिदिने अनि भोलिपल्ट पत्रिकामा प्रकाशन गरेनौ भनेर कारबाही गर्ने भनेर उनीहरूले प्रश्न उठाएका थिए । पर्याप्त जनशक्तिको अभावमा सबै काम समय गर्न नसकिएको र ढिला गरी भए पनि एप्रुभ गरिदिएको विभागले प्रस्ट पारेको थियो । तर, उनीहरूले कर्मचारीको नियतमाथि नै प्रश्न उठाएका थिए ।

त्यसपछि निर्देशक सुनुवारले कर्मचारीहरूलाई अबदेखि ५ बजेभन्दा पछाडि काम नगर्न निर्देशन दिएका थिए । ‘कर्मचारीको जागिर ५ बजेसम्म मात्र हो । आफ्नो घर परिवारलाई दिनुपर्ने समय पनि कार्यालयमै बसेर सेवाग्राहीको काम चाँडो गर्न उद्यत कर्मचारीलाई मेनपावर व्यवसायीको यस्तो गुनासोपछि अतिरिक्त समय काम गरेर अपजस बटुल्नुभन्दा कार्यालय समयसम्म मात्र काम गर्नु उचित लागेको निर्देशक सुनुवारले बताए ।  

विज्ञापन एप्रुभको काममात्र नभएर सेवाग्राहीका गुनासो सुन्ने, सुनुवाइ गर्ने लगायतका काम पनि विभागका कर्मचारीले कार्यालय समय भन्दा बढी बसेर सम्पन्न गर्दै आएका थिए । ‘मेरो कार्यकक्षमा टाढा टाढाका सेवाग्राही आउनुहुन्छ । कुरा गर्दागर्दै ५ बज्यो भने मेरो ड्युटी सकियो भने उठेर जान त मिल्दैन,’ निर्देशक सुनुवारले भने, ‘कुरा गर्दै गर्दा ७ पनि बज्न सक्छ । अबेरसम्म बसेर पनि उनीहरूको काम गरिएको थियो ।’

ढिलो समयसम्म बसेर सेवाग्राहीको काम गर्दै आएकोप्रति प्रश्न उठेपछि अहिले ५ बजेपछि कार्यालय बन्द हुने गरेको निर्देशक सुनुवारले बताए । तर यसको असर देखा पर्न थालेको उनको भनाइ छ । बिहीबार एप्रुभका लागि आएका ५० वटा विज्ञापनको काम गर्न नसकिएको उनको भनाइ छ ।

अनुगमन शाखामा अहिले २ जना अधिकृत छन् । उनीहरूले नै विज्ञापन एप्रुभ गर्ने काम गर्दै आएका छन् । यसको असर पर्न थालेपछि आइतबार कार्यालयको बैठक बसेर यो विषयमा थप छलफल गर्ने निर्देशक सुनुवारको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो