2026-09-19 02:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भित्री वस्त्र लगाएर सुत्दा क्यान्सर हुँदैन: अध्ययन

भदौ ५, काठमाडौं | ‘भित्री वस्त्र लगाएर सुत्दा क्यान्सर हुन्छ ।’ अहिले जनमानसमा यस्तै बुझाइ छ । खासगरी महिलाहरुले राति सुत्दा ब्रा तथा पेन्टी लगाउनु हानिकारक हुन्छ भनिंदै आएको छ । कतिपय अंग्रेजी-हिन्दी जर्नलहरुमा लेखिएको देखिन्छ, ब्रा लगाउँदा स्तन क्यान्सर हुन्छ ।

तर भित्री वस्त्रकै कारण क्यान्सर भएको कुरामा कुनै वैज्ञानिक आधार छैन । सन् २०१४ मा यसैसँग सम्बन्धित एउटा अध्ययन भएको थियो । उक्त अध्ययनमा १५ सय महिलालाई सहभागी गराइएको थियो । करिब १० वर्ष लगाएर गरिएको उक्त अध्ययनको निचोड थियो, स्तन क्यान्सर हुनुमा ब्राको कुनै सम्बन्ध छैन ।

सुत्दा भित्री वस्त्र लगाउनु हुन्न ?

राति सुत्दा भित्री वस्त्र लगाउने वा नलगाउने भन्ने कुरामा धेरै द्विविधा हुन्छ । यसो किन पनि भनिएको हुनुपर्छ भने भित्री वस्त्र कसिलो हुन्छ । कसिलो ब्रा र पेन्टी लगाएर सुत्दा असहज महसुस हुन सक्छ । यसले पक्कै पनि निद्रामा असर गर्न सक्छ । अर्थात् गहिरो निद्रा लिनमा बाधा हुन सक्छ ।

त्यसैगरी कसिलो लुगाले रक्तसञ्चार प्रणालीमा असर गर्छ । हाम्रो शरीरको छालामुनि पानी जस्तो तरल पदार्थ (लिम्फ) बगिरहेको हुन्छ । धेरै कसिलो र तार भएको ब्रा लामो समयसम्म लगाइरहँदा छालामा दबाब परेर लिम्फ राम्ररी बग्न नपाएर सुन्निने समस्या हुन सक्छ ।

यिनै कारण राति सुत्दा भित्री वस्त्र लगाउन उपयुक्त नहुने भनिएको हो ।

मासिक श्रावको बेला ब्रा लगाउनु हुन्न ?

मासिक श्रावको बेला पनि ब्रा लगाउनु उचित मानिंदैन । किनकि महिनावारीको समयमा महिलाहरूको हर्मोन परिवर्तन भएको हुन्छ । त्यो बेला स्तनको आकार बढ्ने दुख्ने हुन्छ ।  त्यसले गर्दा कसिलो ब्रा लगाउँदा दुखाइ झन् बढ्न सक्छ । त्यसैले ब्रा नलगाउँदा उचित हुन्छ । र, लगाउनै परे पनि धेरै कसिलो ब्रा लगाउनु हुँदैन ।

पेन्टीले पिसाब संक्रमण हुन्छ ?

पेन्टी लगाउँदा युरिन इन्फेक्सन हुने होइन । यदि पेन्टी सफा छैन भने चाहिं युरिन इन्फेक्सन जस्तो समस्या हुन्छ । पेन्टीको कारणले भन्दा पनि सफा नगरिएको पेन्टी लगाउँदा समस्या हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो