२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिजुली चम्किएको बेला किन नुहाउनु हुँदैन ? यस्तो छ वैज्ञानिक कारण

२०७९, ६ भाद्र सोमबार ०८:३१

एजेन्सी | अहिले  वर्षातको समय हो । यो बेला ठाउँ ठाउँमा मेघ गर्जिने, बिजुली चम्किने र वर्षा हुने भइरहेको हुन्छ । वर्षातसँगै बिजुली चम्किने मेघ गर्जिने तथा चट्याङ पर्ने घटना प्रि-मनसुन तथा मनसुन अवधिको अन्त्यतिर अझै धेरै हुने गर्दछ ।

यस्तोमा चट्याङ्गबाट कसरी बच्‍ने भन्ने कुराको ज्ञान सबैमा हुनु आवश्यक हुन्छ । विश्वमा हरेक वर्ष चट्याङ्ग लागेर करीब २४ हजार मानिसको मृत्यु हुने गरेको तथ्यांक छ भने करीब अढाई लाख मानिस चट्याङ्ग लागेर घाइते बनेका हुन्छन् ।


आकास गर्जिएको, चट्याङ्ग परिरहेको तथा हावा हुण्डरी चलिरहेको बेलामा रुखमुनि तथा घरको झ्याल नजिक बस्नुहुँदैन भन्ने त हामीलाई थाहै छ । त्यस्तै यस्तो बेलामा तारवाला टेलिफोनमा पनि कुराकानी गर्नु सुरक्षित हुँदैन (यद्यपि मोबाइल फोनलाई भने सुरक्षित मानिन्छ )।

तर बिजुली चम्किरहेको, आकाश गर्जिरहेको तथा ठाउँठाउँमा चट्याङ्ग परिरहेको बेला नुहाउनु हुँदैन र भाँडाकुँडा समेत धुनुहुँदैन भन्ने कुरा धेरैलाई थाहा नहुन सक्दछ ।

गर्जन र चट्याङको सम्बन्ध

दुईवटा प्राकृतिक तत्वका कारण बादल गर्जिन्छ : आद्रता र बढ्दो तातो हावा । गर्मीमा यी दुबै चिज सँगसँगै चल्दछन्। धेरै तापमान तथा आद्रताले ठूलो परिमाणमा ओसिलो हावा बनाउँदछ, जुन वायुमण्डलमा माथितर्फ उड्दछ जहाँ मेघ गर्जन हुन्छ ।

बादलमा धेरै पानी तथा बरफका थोपा हुन्छन् । जब यी आपसमा मिल्दछन् तब त्यसबाट बिजुली पैदा हुन्छ । पानीका थोपाहरु भ्mरिरहेका बरफका थोपासँग ठक्कर खान्छन् र त्यसमा नेगेटिभ चार्ज प्रवाह गर्दछन् र आफैमा पोजिटिभ चार्ज ।

जब मेघ गर्जनसहित वर्षा हुन्छ तब बादलले भान डी ग्राफ जेनेरेटर जस्तै काम गर्दछ । जसले बादलभित्र ठूलो परिमाणमा पोजिटिभ र नेगेटिभ चार्जलाई छुट्टाउँदछ ।

जब गर्जने बादल पृथ्वीको सतह माथिबाट गुज्रिन्छ त्यसले जमिनमा एक विपरित चार्ज उत्पन्न गर्दछ । जसका कारण जमिनतर्फ बिजुली वा तिव्र प्रकाश प्रहार गरिरहेको देखिन्छ । आफ्नो उर्जा सन्तुलित गर्नका लागि यसले पोजिटिभ र नेगेटिभ इलाकाको बीच उर्जा डिस्चार्ज गर्दछ ।

उक्त उत्सर्जनको मार्ग प्रायः कम प्रतिरोध भएको क्षेत्र रहन्छ । त्यसैले धातु जस्तै धेरै सुचालक वस्तुहरुमा चट्याङ पर्ने सम्भावना धेरै हुन्छ ।

त्यसैले आकास गर्जिँदा, बिजुली चम्किँदा तथा चट्याङ्ग परिरहँदा घरभित्रै जानु सुरक्षित हुन्छ । तर यसो भन्नुको अर्थ घरभित्र चट्याङ्गबाट पूर्णरुपमा सुरक्षित भइन्छ भन्ने होइन । घरभित्र पनि यस्ता धेरै चिज हुन्छन् जुन बाहिरी वातावरण जस्तै खतरनाक हुन सक्दछन् ।

किन नुहाउनु हुँदैन ?

यदि वर्षाको बेला तपाइँले घरबाहिर वर्षातको पानीमै नुहाइरहनु भएको छ वा भिज्नुभएको छ भने तपाइँमाथि चट्याङ पर्ने सम्भावना हुँदैन । तर यदि तपाइँ घरभित्र बाथरुममा नुहाइरहनु भएको छ र त्यसबेला घरमा चट्याङ पर्यो भने त्यो घातक हुन्छ ।

माथि नै उल्लेख गरिए अनुसार चट्याङ पर्दा त्यसको बिजुलीले कम प्रतिरोधक मार्ग रोज्दछ । धातुका पाइप, तार तथा पानी जस्ता चिजहरु बिजुलीको प्रवाहका लागि सुचालक हुन् र चट्याङको प्रवाहलाई यसले सुविधाजनक मार्ग प्रदान गर्दछ ।

नुहाउने शावर तथा धारामा पानी र धातु दुबै हुन्छ, जसका कारण यो चट्याङ्गका लागि आदर्श मार्ग बन्दछ । सोही कारण चट्याङ परिरहेको बेला बाथरुमका धारा तथा पानी समेत खतरनाक हुने भएकाले त्यस्तो बेला नुहाउनु जोखिमपूर्ण हुन्छ । त्यसरी पानी तथा धातुका धारामा चट्याङको करेन्ट प्रवाह भैरहेको बेलामा नुहाउँदा करेन्ट लागेर मृत्यु हुने सम्भावना रहन्छ ।

विज्ञहरुका अनुसार आकाश गर्जिरहेको र बिजुली चम्किरहेको बेला घरभित्र पानीका धारा खोलेर पानी चलाउने, भाँडाकुँडा धुने, बिजुलीबाट चल्ने कम्प्युटर, टिभी, वासिङ मेसिन, डिशवासर जस्ता सामानहरु चलाउने काम गर्नु हानिकारक हुनछ ।

त्यस्तै चट्याङका बेला कंक्रिटको पर्खालमा अडेस लागेर बस्नु वा उभिनु हुँदैन । किनकी कंक्रिट आफैमा सुचालक नभएपनि त्यसभित्र फलामे छड राखिएका भएमा त्यसले बिजुली प्रवाह गर्न सक्दछ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा