2026-09-19 02:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भाजपा नेत्री तथा टिकटक स्टार सोनाली फोगाटको बलात्कारपछि हत्या भएको दाबी, दुई सन्दिग्ध पक्राउ

भदौ १०, काठमाडौं | भारतीय जनता पार्टीकी नेत्र सोनाली फोगाटको हत्यामा संलग्न भएको आशङ्कामा दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। फोगाट भूतपूर्व टिकटक स्टार थिइन्।

ती सन्दिग्ध व्यक्तिहरू बिहीवार साँझ पक्राउ परेका हुन्।

फोगाटको पोस्टमोर्टमका क्रममा उनको शरीरमा “कैयौँ चोट” पाइएपछि ती व्यक्तिहरू पक्राउ परेका हुन्।

फोगाट ४२ वर्षकी थिइन् र उनको अगस्ट २२ मा पश्चिमी राज्य गोवा भ्रमणका बेला मृत्यु भएको थियो।

सुरुमा उनको हृदयाघातका कारण उनको निधन भएको बताइएको थियो।

तर उनको परिवारले उक्त दाबीलाई अस्वीकार गर्दै फोगाटकै सहयोगीहरूले उनको हत्या गरेको आरोप लगाएका थिए।

उनका दुईजना निजी सहयोगीको नाम लिँदै सोनाली फोगाटका भाइले ती सहयोगीहरूले भिडिओ बनाएर ब्ल्याकमेल गर्ने गरेको आरोप लगाएका छन्।

उनले फोगाटको बलात्कारपछि हत्या भएको दाबी गरेका छन्।

धम्कीको आरोप

समाचार च्यानल एनडीटीभीलाई उनले बताएअनुसार ती व्यक्तिले फोगाटलाई उनको राजनीतिक जीवन ध्वस्त बनाइदिने भन्दै धम्की दिने गरेका थिए।

त्यस्तै उनले फोगाटका सम्पत्तिसम्बन्धी कागजपत्र र एटीएम कार्डसहित केही व्यक्तिगत सामग्रीहरू ती व्यक्तिले कब्जा गरेको आरोप लगाएका छन्।

परिवारले पत्रकारहरूलाई फोगाटले उनको मृत्यु हुनुभन्दा केही समयअघि उनीहरूसँग कुरा गरेको बताएको छ।

त्यस बेला उनको बोली “निकै डराएको र विचलित भए जस्तो” सुनिएको थियो।

समाचारहरूमा जनाइएअनुसार फोगाटले आफ्ना सहयोगीहरूसँग रेस्टुराँमा भएको बेला असहज महसुस गरेकी थिइन्।

उनलाई अस्पताल लगियो त्यहाँ फोगाटलाई “मृत” घोषणा गरिएको थियो।

द टाइम्स अफ इन्डिया अखबारले उद्धृत गरेका विधिविज्ञान विज्ञले उनको शरीरमा “आलो घाउ” रहेको र त्यसको कारण “मुक्का प्रहार वा उनी लड्दा भएको हुनसक्ने” बताएका छन्।

पोस्टमोर्टम प्रतिवेदन सार्वजनिक भएको घण्टौँपछि गोआ प्रहरीले आरोपितहरूलाई पक्राउ गरेको जनाएको हो। बिबिसिबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो