भदौ २९, काठमाडौँ । वैदेशिक रोजगार विभागले मंगलबार चावहिलमा रहेको एसबीई कन्सल्टेन्सी प्रालिका सञ्चालक विष्णु शर्मालाई पक्राउ गर्‍यो । उनले क्रोएसिया, क्यानडा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २९, काठमाडौँ । वैदेशिक रोजगार विभागले मंगलबार चावहिलमा रहेको एसबीई कन्सल्टेन्सी प्रालिका सञ्चालक विष्णु शर्मालाई पक्राउ गर्‍यो । उनले क्रोएसिया, क्यानडा"/>
2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कन्सल्टेन्सीबाट वैदेशिक रोजगारीमा पठाइदिने भन्दै लाखौ पैसा असुल्ने कन्सल्टेन्सीका सञ्चालक पक्राउ

September 14, 2022

भदौ २९, काठमाडौँ । वैदेशिक रोजगार विभागले मंगलबार चावहिलमा रहेको एसबीई कन्सल्टेन्सी प्रालिका सञ्चालक विष्णु शर्मालाई पक्राउ गर्‍यो । उनले क्रोएसिया, क्यानडा लगायतका देशमा वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै प्रतिव्यक्ति ९ लाखदेखि १२ लाख रूपैयाँ लिएका थिए ।


सोही आधारमा विभागको टोलीले उनलाई पक्राउ गरेको थियो । एजुकेसन कन्सल्टेन्सी सञ्चालनका लागि अनुमति लिएका शर्माले अवैध रूपमा वैदेशिक रोजगारीमा पठाउने गरेको पाइएपछि पक्राउ गरिएको विभागले जनाएको छ । गत भदौ १ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक कन्सल्टेन्सी सञ्चालकलाई पक्राउ गर्‍यो । भक्तपुर, मध्यपुर ठिमी–९ का २८ वर्षीय सुरेश भन्ने प्रदिप कर्माचार्यसहित अन्य दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

उनीहरूले कञ्चनपुरका निरज पाण्डेको नागरिकताको दुरूपयोग गर्दै एभरेष्ट लिंक इन्टरनेशनल एजुकेसन प्रालि खोलेका थिए । सोही मार्फत उनीहरूले वैदेशिक रोजगारीमा रसिया पठाइदिने भन्दै लाखौं रूपैयाँ असुल्दै आएका थिए । पाण्डेको हराएको नागरिकता प्रमाणपत्र फेला पारेर उनीहरूले दुरूपयोग गर्दै २०७८ मंसिर २८ गते कम्पनी रजिष्ट्रार कार्यालय त्रिपुरेश्वरमा कन्सल्टेन्सी दर्ता गराएका थिए ।

यसरी विद्यार्थीलाई विदेश अध्ययन गर्न परामर्श दिन भनेर खोलिएका कन्सल्टेन्सीले अवैध रूपमा वैदेशिक रोजगारीमा पठाउन लागेका हुन् । उनीहरूले व्यक्तिगत श्रम स्वीकृति लिएर लाखौं असुल्दै अवैध रूपमा नेपालीलाई वैदेशिक रोजगारीमा पठाउने गरेका हुन् । नेपालको कानुनले एजुकेसन कन्सल्टेन्सीहरूलाई वैदेशिक रोजगारीमा पठाउन दिँदैन । वैदेशिक रोजगारीमा पठाउनका लागि मेनपावर व्यवसाय दर्ता गर्नुपर्छ । तर, पछिल्लो समय कन्सल्टेन्सीहरूको ध्यान वैदेशिक रोजगारीमा पठाउनतिर बढी देखिएको छ । उनीहरूले विशेषगरी अमेरिका, अष्ट्रेलिया, जापान, यूरोप लगायतका देशमा कामदार भिसामा पठाउने भन्दै लाखौं रकम असुल्ने गरेका हुन् ।

चितवनकी पार्वती (नाम परिवर्तन) लाई एक एजेन्टले माल्टा पठाइदिने भने । ती एजेन्टले त्यसबापत ८ लाख रूपैयाँ खर्च लाग्ने भने । पार्वतीले एडभान्स स्वरूप डेढ लाख रूपैयाँ दिइसकेकी छन् । त्यो एजेन्टले कुनै एक कन्सल्टेन्सी मार्फत भिसा प्रोसेस गर्दैछ । त्यसका लागि उसले भारतबाट प्रक्रिया थालेको पार्वतीले बताइन् । ‘पठाइदिन्छु भनेको लगभग ४ महिना भयो । अझै पनि काम हुँदैछ मात्र भनेको छ । तर, कहिले हुन्छ, केही टुङ्गो लागेको छैन,’ उनले भनिन् ।

मकवानपुरका जोगबहादुर (नाम परिवर्तन) ले क्यानडा जाने भन्दै कन्सल्टेन्सीलाई २ लाख रूपैयाँ बुझाइसकेका छन् । तर, चार महिना भइसक्यो कन्सल्टेन्सीले अहिलेसम्म पठाउने सुर गरेको छैन । उनलाई १२ लाख रूपैयाँ खर्च लाग्ने भनेको थियो । उनलाई एजुकेसन कन्सल्टेन्सी मार्फत वैदेशिक रोजगारीमा जान मिल्दैन भन्ने थाहा थिएन ।

‘एजेन्टले हाम्रो कन्सल्टेन्सी मार्फत पठाउँछौं भनेपछि पत्याइयो । अनि पैसा पनि दिएँ तर, अहिलेसम्म पठाएको छैन । ४ महिना भइसक्यो पैसा दिएको पनि,’ उनले भने । कन्सल्टेन्सी सञ्चालकहरूले खाडी मुलुकबाहेक अन्य देशमा कामदार पठाउने गरेको पाइएको विभागले जनाएको छ । विभागका महानिर्देशक उमाकान्त आचार्यले कन्सल्टेन्सीको गैरकानुनी धन्दा बढ्दो क्रममा देखिएको बताए ।

‘एजुकेशन कन्सल्टेन्सी भनेर दर्ता गरेपछि मान्छे पठाउनु भनेको गम्भीर अपराध हो । यसमा हामी अनुगमन र कावाहीलाई तीव्रता दिन्छौं,’ महानिर्देशक आचार्यले भने । शिक्षा मन्त्रालयले उनीहरूमाथि अनुगमन तथा निगरानी राख्न सकेको छैन । जसले गर्दा उनीहरू शैक्षिक परामर्श दिनुको साटो वैदेशिक रोजगारीमा पठाउन थालेका हुन् । महानिर्देशक आचार्यले शिक्षा मन्त्रालयले यसमा ध्यानाकर्षण हुनुपर्नेमा जोड दिए । कन्सल्टेन्सी खोलेर मान्छेलाई वैदेशिक रोजगारीमा पठाउनेलाई कडा कारवाही गरिने उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ