2026-09-19 01:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२०२४ को युरोकप खेल्ने रोनाल्डोको चाहना

असोज ५, काठमाडौँ । पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले २०२२ को विश्वकपपछि पनि देशका लागि खेलिरहने चाहना रहेको बताएका छन् । उनले कतारमा यसै वर्ष हुने विश्वकपपछि आफ्नो लक्ष्य २०२४ को युरोकप पनि खेल्ने रहेको बताएका हुन् ।

‘यो यात्रा लामो भइसकेको छ, तर मेरो बाटो अझै सकिएको छैन, भन्ने अवसरको सदुपयोग गर्न चाहन्छु । म उत्प्रेरित महसुस गर्छु, मेरो महत्वाकांक्षा उच्च छ । म धेरै युवा खेलाडीहरूसँग छनोटमा छु र म यो विश्वकप र २०२४ को युरोपेली प्रतियोगिताको पनि हिस्सा बन्न चाहन्छु,’ म्यानचेस्टर युनाइटेड स्टारले पोर्चुगल फुटबल महासंघले मंगलबार आयोजना गरेको क्विनास डेमा अवार्डपछि भने ।

३७ वर्षीय लेजेण्ड फरवार्डका लागि कतारमा नोभेम्बर-डिसेम्बरमा हुने विश्वकप नै अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता हुन सक्ने चर्चा चलिरहेका बेला उनको यो भनाइ आएको हो ।

कतार विश्वकप रोनाल्डोको लागि दशौं अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ ।

पोर्चुगलका लागि १८९ खेल खेलेको रोनाल्डोले ११७ गोल गरेका छन् । उनको नाममा अन्तर्राष्ट्रिय फुटबलमा राष्ट्रका लागि धेरै गोल गर्ने कीर्तिमान समेत छ । यूईएफए नेशन्स लिग अन्तर्गत चेक रिपब्लिक र स्पेन विरुद्धको खेलमा रोनाल्डोले गोल संख्या अझै थप्ने सम्भावना छ ।

रोनाल्डोको नजर देशका लागि धेरै खेल खेल्नेमा पनि छ । अहिलेसम्म फिफाले मान्यता दिएको खेल अनुसार कुवेतमा बाडेर अल मोटवाले सर्वाधिक १९६ खेल खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो