2026-09-19 01:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चिट्ठा किन्न छोराको खुत्रुक्के फुटाएर ५० रुपैयाँ लिएका अनुपको भाग्य चम्कियो, २५ करोड जिते

असोज ५, काठमाडौं | दुई वर्षका छोराको खुत्रुक्के फुटाएर भारतको केरल राज्यस्थित श्रीवराहम निवासी अनुप बी जब पैसा लिँदै थिए, पत्नीले उनलाई निकै गाली गरेकी थिइन् । तर पत्नीको गालीलाई बेवास्ता गर्दै उनले जब चिट्ठा किने, त्यसले उनको भाग्य चम्कियो। उनले सोही चिट्ठाबाट २५ करोड भारु जितेका छन् ।

२९ वर्षीय अनुपका अनुसार उनले ५०० रुपैयाँको चिट्ठा किनेका थिए । उक्त चिट्ठा किन्न उनलाई ५० रुपैयाँ नपुगेपछि छोराको खुत्रुक्के फुटाएर पैसा निकाल्नु परेको थियो ।

उनले बीबीसी हिन्दीसँग भने, ‘भोलिपल्टै चिट्ठाको नतिजा आउँदै थियो, मसँग ५० रुपैयाँ अपुग थियो, खुत्रुक्के फुटाउनुबाहेक अर्को विकल्प पनि थिएन ।’

तर, उनको यो कदमले परिवारकै लागि भाग्यको ढोका खोलेको छ । अटो रिक्सा चलाएर जीविकोपार्जन गर्दैै आएका उनले आफू अहिले ऋणमा रहेको पनि सुनाए । उनले उक्त रकमबाट सबैभन्दा पहिला ऋण तिर्ने बताए । ५/६ लाख रुपैयाँ ऋण तिर्नुपर्ने उनको भनाइ छ ।

उनले चिट्ठामा २५ करोड रुपैयाँ जितेपछि कर कट्टी लगायतका प्रक्रिया पूरा गरेर १५ करोड ७५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । ऋण तिरेर बाँकी रहेको पैसाले घर बनाउने, होटल खोल्ने र केही सामाजिक काम गर्ने उनको योजना छ ।

यो पनि संयोग नै हो कि अघिल्लो वर्ष ओणम बम्पर लटरीको टिकट एक रिक्सा चालकलाई नै परेको थियो र अनुप पनि अटो रिक्सा नै चलाउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो