Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

प्रलोभन देखाएर कम्बोडिया पठाउने मेनपावर सञ्चालकसहित तीन जना पक्राउ

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज ११, काठमाडौं | कम्बोडियामा एक हजार अमेरिकी डलर कमाउने प्रलोभन देखाएर बैदेशिक रोजगारीमा पठाउने मेनपावर सञ्चालकसहित तीन जना पक्राउ परेका छन्। मानव बेचबिखन अनुसन्धान ब्युरोले सिनामंगलको आयुष ओभरसिज प्राइभेट लिमिटेडका सञ्चालकसहित तीन जनालाई पक्राउ गरेको हो।

व्युरोका प्रहरी उपरीक्षक एवं प्रवक्ता दानबहादुर मल्लका अनुसार पक्राउ पर्नेमा धनुषा लक्ष्मीनिया-४ घर भई बालकुमारी बस्दै आएकी २२ वार्षीया राखी सिंह, महोत्तरी बथनाह-१ घर भई बत्तिसपुतली २९ वर्षीय दिवाकर झा र मेनपावर सञ्चालक सप्तरी रुपनी-१ घर भई सिनामंगल बस्ने ३५ वर्षीय उदित नारायण साह रहेका छन्।

उनीहरुले   जाहेरवाला (परिवर्तित नाम)लाई कम्बोडिया पठाएका थिए। ३ लाख ८२ हजार लिएर उनीहरुले पीडितलाई दुबई, सिंगापुर हुँदै कम्बोडिया पठाएका थिए।

त्यहाँ पुग्दा एक चाइनिज कम्पनीमा बन्धक भई काम गर्नुपरेको पीडितले प्रहरीसमक्ष बताएका छन्। सो कम्पनीले ठगी काम गर्ने गरेको र जबर्जस्ती काममा लगाउने गरेको पीडितको भनाइ छ।

पीडितलाई थारुल्यान्ड र कम्बोडियास्थित नेपाली राजदूतावासको सहयोगमा नेपाल ल्याइएको थियो।