2026-09-19 01:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ठगी गर्ने मेनपावरको कारबाही रोक्न उच्च नेताको दबाब

कात्तिक ३, काठमाडौँ | ठगीको उजुरी परेका कतिपय मेनपावरले कारबाहीबाट उन्मुक्ति पाउन उच्च तहका राजनीतिक नेता गुहार्ने गरेका कारण सयौं पीडित न्यायबाट वञ्चित भएका छन् । करोडौं रुपैयाँ ठगीको उजुरी परेका मेनपावरलाई वैदेशिक रोजगार विभागले पटक पटक उपस्थित हुन पत्राचार गरे पनि अटेरी गर्ने गरेका छन्।

हाले विभागले सूचना नै जारी गरेर उजुरी फस्यौट गर्न निर्देशन दिएको छ । पार्टीका उच्च तहका नेतासँग पहुँच भएका मेनपावरले कानुनमा तोकिएअनुसार विभागमा उपस्थित हुन आनाकानी गरिरहेको विभागको भनाइ छ। 

विगत ३ महिनामा विभागमा ७८८ वटा उजुरी विभिन्न मेनपावरविरुद्ध परेको भए पनि लिखित जवाफसहित विभागमा उपस्थित नहुने मेनपावरको संख्या धेरै रहेको छ। यसैगरी कतिपय मेनपावर कम्पनीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भए पनि प्रहरीले उपस्थित गराउन सकेको छैन ।

विभागमा डीएसपीको नेतृत्वमा प्रहरी युनिट खडा गरे पनि उनीहरुलाई सिधै पक्राउ गर्ने अधिकार छैन। मेनपारलाई कारबाही नगर्न प्रायः सबै पार्टीका उच्च नेताले कर्मचारीलाई दबाब दिने गरेको एक कर्मचारीले बताए। यो समाचार कारोबार दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो