2026-07-25 02:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आत्मनिर्भर हुदै पुष्प व्यवसाय, तिहारमा ९० प्रतिशत माला स्वदेशी

कात्तिक ७, काठमाडौँ | अधिकांश कृषिजन्य वस्तुमा नेपाल परनिर्भर भैरहेको अवस्थामा नेपाल मालामा आत्मनिर्भरताको बाटोमा अघि बढेको छ । नेपालीले तिहार (भाइटीका) मा लगाउने करिब ९० प्रतिशत माला स्वदेशी उत्पादन रहेको फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले जनाएको छ ।

विगतमा ठूलो संख्यामा विदेशी माला आयात हुने गरेकोमा क्रमशः स्वदेशी उत्पादन बढेपछि आयात प्रतिस्थापन भएको हो । मुलुकमा पुष्प व्यवसाय फूलमा करिब आत्मनिर्भर हुने क्रममा रहेको छ । भाइटीकामा करिब २४ लाख माला बिक्री हुने अनुमान छ ।

करिब ३ लाख माला मात्र विदेशबाट आयात हुने फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष मिनबहादुर तामाङले बताए । मुलुक फूल मालामा क्रमशः आत्मनिर्भर हुँदैछ, तामाङले भने, यो वर्षको तिहारमा बिक्री हुनेमध्ये ९० प्रतिशत स्वदेशी हो ।

फ्यानका अनुसार घरायसी प्रयोजनका लागि लगाइएको फूल र मालाको विवरण यसमा समावेश गरिएको छैन । तिहारमा मखमली र सयपत्री मालाको माग उच्च हुन्छ । यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक