2026-09-19 12:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जब प्रभासले राजामौलीको पहिलो प्रस्ताव रिजेक्ट गरे

कात्तिक ७, काठमाडौँ | सन् २०१५ को १० जुलाईमा तेलुगू फिल्म ‘बाहुबली’ रिलिज भयो, तबसम्म पनि उत्तरी भारतका दर्शकलाई थाहा थिएन कि प्रभास को हुन् भनेर । फिल्म रिलिजपपछि भने दर्शक बाहुबलीमा शिवाको भूमिका निर्वाह गरेका प्रभासको जबरजस्त फ्यान भए ।

जसलाई साउथ इन्डियन दर्शक ‘डार्लिङ’ र ‘रेबेल स्टार’को नामले चिन्थे । जब एसएस राजामौलीले बाहुबलीमा उनलाई कास्ट गरे तब पूरै देशले प्रभासको नाम सुन्यो, उनलाई मन परायो ।

सन् २०१७ मा यसको प्रिक्वेल ‘बाहुबली २’ले त भारतमा सबै फिल्मको व्यापारिक रेकर्ड नै तोड्यो । आजसम्म पनि यो रेकर्ड कसैले तोड्न सकेको छैन । यसपछि साउथ स्टार प्रभास पूरै भारतभर छाए । बाहुबली २ ले विश्वव्यापी रुपमा १ हजार ७०० करोड भारुभन्दा बढी कमाइ गरेको थियो । प्रभासका साथमा यसअघि राजमौलीको ‘छत्रपति’ फिल्म हिट भएको थियो ।

तर त्यसअघि राजमौली र प्रभासबीच निकै रोचक घटना छ । छत्रपतिअघि प्रभासले राजमौलीको फिल्म सिधै रिजेक्ट गरेका थिए ।

सन् २००१ मा रिलिज भएको ‘स्टुडेन्ट नम्बर १’ राजमौलीको डेब्यु फिल्म हो । यसको मुख्य भूमिकामा जुनियर एनटीआर थिए । यो फिल्म बक्स अफिसमा सुपरहिट सावित भएको थियो ।

बक्स अफिसमा दमदार कमाइ गरेको राजमौलीको डेब्यु फिल्मलाई तेलुगू हिरो प्रभासलाई भने मन परेको थिएन । सन् २०१५ मा भएको एक कार्यक्रममा प्रभासले यो कुरा बताएका थिए । जब राजमौलीले उनलाई नयाँ फिल्मको लागि अफर गरे तत्कालै उनले रिजेक्ट गरिदिएका थिए ।

सन् २००३ मा राजामौली र जुनियर एनटीआरको जोडी फेरि एकचोटि अर्को फिल्म ‘सिंहाद्री’ लिएर दर्शकमाझ आयो । यो फिल्म पनि हिट भयो । प्रभास यसको प्रशंसा सुनिरहेका थिए । प्रभास २०१५ को सोही कार्यक्रममा बताएका थिए, ‘एक दिन तारक (जुनियर एनटीआर)ले मलाई फिल्मको प्रिभ्युका लागि बोलाए र फिल्म देखेर म मन्त्रमुग्ध भएँ ।’

प्रभास र राजमौलीको त्यसपछिको भेट ‘दिल’ फिल्मको अडियो लन्चमा भएको थियो । प्रभासले सिंहाद्री फिल्मलाई लिएर राजामौलीको प्रशंसा गरे । त्यसको केही दिनपछि राजामौलीले प्रभासलाई छत्रपतिको कथा सुनाए र काम गर्ने प्रस्ताव राखे । प्रभास यसपटक राजी भए र दुईको जोडीले अर्को एक हिट फिल्म दियो ।

लगातार फिल्म फ्लप भएपछि प्रभासलाई राजामौलीको मलम

छत्रपति त सफल भयो, तर त्यसपछि प्रभासका अन्य चार फिल्म लगातार फ्लप भए । लगातार एकपछि अर्को फिल्म फ्लप भएर निरास भएका प्रभासलाई राजामौलीले बाहुबलीको अप्रोच गरे । ‘यस्तो फिल्म जीवनमा एकपटक मिल्छ र मैले यसका लागि आफ्नो हृदयको गहिराइबाट उनलाई (राजामौली) धन्यवाद दिन चाहन्छु,’ प्रभासले भनेका थिए ।

बाहुबलीले प्रभासलाई साउथका सुपरस्टार बनाइदियो । पूरै देश र जहा जहाँ हिन्दी फिल्मको बजार छ, त्यहाँ पनि उनी चिनिए । प्रभासको जबरजस्त उदयले एक हिसाबले नर्थ र साउथ इन्डियाको सिनेमा सीमा पनि तोडियो भन्दा फरक नपर्ला ।

बाहुबली स्टार प्रभास अर्को वर्ष ओम राउत निर्देशित फिल्म ‘आदिपुरुष’मार्फत दर्शकमाझ आउँदैछन् । ५०० करोड भारु बजेट बताइएको यो फिल्म बहुप्रतीक्षित बनेको छ । यसपछि दीपिका पादुकोणका साथ फिल्म ‘प्रोजेक्ट के’ मा पनि देखिनेछन् । आजतकबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो