2026-06-20 05:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गठबन्धनबाट भावी प्रधानमन्त्री को ?

कात्तिक २८, काठमाडौं | आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसको नेतृत्वमा रहेको सत्तारूढ गठबन्धनले जितेतमा भावी प्रधानमन्त्री को हुने भन्नेमा अन्योल छ । यद्यपि, सो गठबन्धनले जितेमा कांग्रेस सभापति शेरबहादुर देउवा नै पुनः प्रधामन्त्री हुने अनुमान गरिएको छ । तर, सो गठबन्धनमा भावी प्रधानमन्त्रीका लागि पाँच जनाले आफ्नो दाबी प्रस्तुत गरिरहेका छन् ।

उता एमाले नेतृत्वमा रहेको गठबन्धनले चुनावमा बहुमत ल्याएमा भने एमालेका अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री हुने निश्चित छ । एमालेले ‘मंसिर ४, ओली सरकार’ भन्दै आपूmहरूले जितेमा ओली नै पाँच वर्षका लागि प्रधानमन्त्री हुने भन्दै सोहीअनुसार प्रचारप्रसारलाई देशव्यापी बनाइरहेको छ ।


आगामी ४ मंसिरमा हुने आमनिर्वाचनपछि को प्रधानमन्त्री बन्ला भन्ने सर्वत्र जिज्ञासा बढिरहेको अवस्थामा सत्तारूढ गठबन्धनले भने प्रधानमन्त्रीको निर्विकल्प उम्मेदवार छान्न सकेको छैन । सत्तारूढ दलभित्रै प्रधानमन्त्रीका रूपमा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, पुर्व महामन्त्री शशांक कोइराला, कांग्रेस नेता शेखर कोइराला प्रधानमन्त्रीको दाबेदारका रूपमा देखिएका छन् । यस्तै, गठबन्धनको दोस्रो ठूलो दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि चुनावपछिको प्रधानमन्त्रीको दाबेदारका रूपमा रहेका छन् ।

भइसकेको हुन सक्ने स्रोतको दाबी छ । कांग्रेसका प्रवक्ता रामशरण महतले भने चुनावपछि गठबन्धनले बहुमत ल्याएमा कांग्रेस सभापति देउवा नै प्रधानमन्त्री हुने बताउँदै आएका छन् ।

उता तनहुँ क्षेत्र नम्बर १ मा कांग्रेसको तर्फबाट प्रतिस्पर्धा गरिरहेका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि अबको प्रधानमन्त्री आफंै हुने दाबी गर्दै हिँडिरहेका छन् । उनले भोट माग्दा पनि यसपटक निर्वाचन जितेमा आपूm मुलुकको प्रधानमन्त्री बन्ने भएकाले मतदातालाई भोट दिन आग्रह गर्दै हिँड्ने गरेका छन् । यस्तै, काठमाडांै क्षेत्र नम्बर ४ मा कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका महामन्त्री गगन थापाले पनि प्रायः जसो सबै चुनावी सभामा आपूm प्रधानमन्त्रीको दाबेदार रहेकाले भोट दिन आग्रह गर्दै हिँड्न थालेका छन् ।

यसैगरी कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइराला र नेता शेखर कोइरालाले पनि प्रधानमन्त्रीमा दाबेदारी पेस गर्दै आइरहेका छन् । शशांकले त नवलपरासी १ मा भोट माग्दै गर्दा आपूm भावी प्रधानमन्त्री भएकाले भोट दिन आग्रह गर्ने गरेका छन् भने शेखरले पनि निकटस्थहरूसँग प्रधानमन्त्रीमा दाबी पेस गर्ने  बताउँदै आइरहेका छन् ।

पार्टीले कुनै निर्णय नगर्दा पनि आफैं प्रधानमन्त्रीको दाबी गर्दै हिँड्ने थापा, शशांक र पौडेलले प्रधानमन्त्री पदलाई चुनाव जित्ने फमुर्ला बनाउन खोजेको भन्दै आलोचना भएको छ । राजधानी दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको केन्द्रीय समिति बैठक चितवनमा सुरू एक बृद्धको हत्याको आरोप आमाछोरा पक्राउ पौडी खेल्ने क्रममा एक युवक बेपत्ता पार्टीको भविष्य, विचार र सङ्गठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुन्छ: महेश बस्नेत रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू