2026-06-20 05:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी जाने भारतीयहरुले अब पुलिस रिपोर्ट पेस गर्नु नपर्ने

मंसिर २, काठमाडौँ | भारतीय नागरिकले अब साउदी अरबको भिसा पाउनको लागि पुलिस क्लियरेन्स सर्टिफिकेट (पीसीसी) पेश गर्नुनपर्ने भएको छ । नयाँ दिल्लीस्थित साउदी दूतावासले बिहीबार ट्वीट गर्दै यो जानकारी दिएको हो । साउदी दूतावासले ट्वीटमा भनेको छ– ‘साउदी अरब र भारतबीचको बलियो सम्बन्ध र रणनीतिक साझेदारीलाई ध्यानमा राख्दै, भारतीय नागरिकलाई पुलिस क्लियरेन्स प्रमाणपत्र पेश गर्नबाट छुट दिइएको छ ।’

Indians no longer need police clearance for Saudi Arabia visa – Pragativadi

दुई देश बीचको सम्बन्धलाई थप प्रगाढ बनाउने प्रयासस्वरूप यो निर्णय गरिएको दूतावासले जनाएको छ । यो निर्णयपछि साउदी अरेबियाको भिसा पाउन सजिलो हुने अपेक्षा छ ।  साउदी अरबका वास्तविक शासक मानिने त्यहाँका युवराज मोहम्मद बिन सलमान यसै महिना भारत भ्रमणमा आउने कार्यक्रम थियो । आफ्नो प्रस्तावित भारत भ्रमणका क्रममा मोहम्मद बिन सलमानले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि भेट्ने कार्यक्रम थियो । तर प्रधानमन्त्री मोदीको पूर्वनिर्धारित कार्यक्रमका कारण यो भ्रमण तत्कालका लागि स्थगित भएको हो ।

पुलिस क्लियरेन्स सर्टिफिकेट के हो ?

पुलिस क्लियरेन्स सर्टिफिकेट पासपोर्ट धारकलाई जारी गरिएको कागजात हो । यस सरकारी कागजले राहदानी धारक कुनै फौजदारी मुद्दा वा कुनै किसिमको ठगी, कुटपिट, हत्या आदिमा संलग्न नभएको र निजविरुद्ध प्रहरी थानामा कुनै मुद्दा दर्ता नभएको उल्लेख गरिन्छ । 

कुनै व्यक्तिले आवासीय भिसा, रोजगार भिसा वा विदेश जानको लागि दीर्घकालीन भिसाको लागि आवेदन गर्दा यो प्रमाणपत्र आवश्यक हुन्छ । साउदी अरब भ्रमण गर्नेहरूलाई भने यो प्रमाणपत्र बनाइरहनु पर्दैनथ्यो । 

खाडी देशहरूमा ठूलो संख्यामा भारतीय

भारतीय विदेश मन्त्रालयका अनुसार करिब १.२५ करोड गैरआवासीय भारतीय (एनआरआई) २०० भन्दा बढी देशहरूमा फैलिएका छन् । यी ती व्यक्तिहरू हुन् जोसँग भारतीय राहदानी छ, तर तिनी सामान्यतः विदेशमा बस्छन् । यो १.२५ करोड भारतीयमध्ये पनि करिब ८७ लाख खाडी मुलुकमा मात्र रहेर काम अथवा व्यापार गर्छन् । करिब ३४ लाख भारतीय युनाइटेड अरब एमिरेट (युएई) मा मात्रै छन् । साउदी अरबमा करिब २६ लाख भारतीय बसोबास गर्छन् । 

भारत–साउदी सम्बन्धको महत्व

भारत र साउदी अरेबियाबीचको सम्बन्ध सुमधुर रहँदै आएको छ र यसलाई अझ मजबुत बनाउन दुवै देशले पहल गर्दै आएका छन् । अक्टोबर २०१९ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साउदी अरबको भ्रमणमा गएका थिए । 

भ्रमणका क्रममा मोदीले अरब न्युज टिभीलाई दिएको अन्तर्वार्तामा साउदी अरबलाई दोस्रो घर बनाएका करिब २६ लाख भारतीयले सो देशको प्रगतिमा भारतलाई गर्व हुने बताएका थिए । उनले भारतीय आप्रवासीहरुले गर्दा दुई देश बीचको द्विपक्षीय सम्बन्धलाई मजबुत बन्न सहयोग भएको बताएका थिए ।

खाडी मुलुकमा बसोबास गर्ने लाखौं भारतीयहरूले वर्षेनी अर्बौं डलर रेमिट्यान्सको रुपमा भारत पठाउँछन् । विश्व बैँकका अनुसार विदेशमा रहेका भारतीयहरूले गत वर्ष भारतमा ८७ अर्ब डलर पठाएका थिए र त्यसमा खाडी मुलुकमा काम गर्ने भारतीयहरूले ४५ प्रतिशतभन्दा बढी योगदान थियो । –बीबीसी हिन्दीबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको केन्द्रीय समिति बैठक चितवनमा सुरू एक बृद्धको हत्याको आरोप आमाछोरा पक्राउ पौडी खेल्ने क्रममा एक युवक बेपत्ता पार्टीको भविष्य, विचार र सङ्गठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुन्छ: महेश बस्नेत रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू