स्वतन्त्रका कारण २५ देखि ३० सिट गुमेको एमालेको निष्कर्ष

साझासवाल
2 Min Read

मङ्सिर ४, काठमाडौँ | नेकपा एमालेले मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरू राष्ट्रिय स्वतन्त्र पार्टीसमेतका कारण आफ्नो पार्टीले कम्तीमा २५ देखि ३० सिटसम्म गुमाउनुपरेको प्रारम्भिक निष्कर्ष निकालेको छ ।

एमालेले गरेको चुनावको अनौपचारिक समीक्षामा पार्टीले जित्ने निश्चित भएका ८ निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवार हाबी भएको र पार्टीका उम्मेदवार उपविजेता भएको औंल्याउँदै प्रत्यक्षमा करिब ८ सिट र समानुपातिकमा १७ सिट गुमाउनुपरेको निष्कर्ष निकालिएको हो ।

एमाले काठमाडौं २ र ५ तथा चितवन १ र २ मा चुनाव जित्नेमा ढुक्क थियो ।

काठमाडौं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले चुनाव जिते । काठमाडौंका अन्य क्षेत्रमा पनि एमाले राष्ट्रिय स्वतन्त्र पार्टीसँग दोस्रो भएको थियो ।

चितवन १ र २ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पहिलो हुँदा एमाले उम्मेदवार दोस्रो स्थानमा आए । सत्तारुढ दलबीच गठबन्धन नभएको भए प्रत्यक्षतर्फ एक सय सिट कटाउने समीक्षा एमालेको  छ । हारजित भएका स्थानमा पनि झिनो मत रहेको समीक्षा गर्दै एमालेले आफूमाथि स्वतन्त्र र स्वतन्त्र पार्टीका नाममा प्रहार भएको निष्कर्ष निकालेको छ । हामीले निर्वाचनको सामान्य समीक्षा गरेका छौं, स्वतन्त्र पार्टीका उम्मेदवार नभएको भए थप २५ देखि ३० सिट एमालेको पक्षमा आउने देखियो, गठबन्धन नभएको भए प्रत्यक्षमै एक सय सिट पुग्ने अवस्था देखियो, एमालेका एक पदाधिकारीले भने ।

एमालेले अहिले प्रत्यक्षतर्फ ४४ सिट प्राप्त गरेको छ । समानुपातिकमा अन्य दलभन्दा एमाले अगाडि छ । प्राप्त मतमा धेरैजसो स्थानमा एमाले दोस्रो भएको छ । यो समाचार नागरिक दैनिकमा छ ।

Share This Article
Leave a Comment

Leave a Reply