By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    9 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    12 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    13 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    13 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    16 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    16 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    16 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: दार्चुला सीमा विवाद : एक वर्षमा तीन पटक ढुंगा हानाहान
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > दार्चुला सीमा विवाद : एक वर्षमा तीन पटक ढुंगा हानाहान
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

दार्चुला सीमा विवाद : एक वर्षमा तीन पटक ढुंगा हानाहान

साझासवाल
Last updated: December 6, 2022 11:54 am
साझासवाल
8 Min Read
Share

मङ्सिर २०, काठमाडौँ | भारतले महाकाली नदीको बहाव नेपालतर्फ धकेलेर जिल्ला सदरमुकाम खलङ्गा बजार डुबान ,कटान र बगाउने गरी सीमा क्षेत्रमा निरन्तर अनधिकृत पक्की संरचना बनाइरहेको बेला पनि सरकार मौन रहेको भन्दै चौतर्फी आलोचना बढिरहेको छ ।

महाकाली नदी माथिको पुलले वारि दार्चुला र पारि भारतको धार्चुला जोड्छ । यहाँका नागरिक व्यापारिक र सामाजिक सम्बन्धका कारण एक–अर्कोमा निर्भर छन् ।

भारतले पछिल्ला दिनहरुमा तटबन्ध निर्माणलाई तीव्रता दिएको छ । नदीको धार परिवर्तन हुने गरी निर्माण भइरहेको तटबन्धले सदरमुकाम खलंगा जोखिममा पर्न सक्ने भन्दै स्थानीय आक्रोशित छन् । भारतसामु नेपाली प्रशासन निरीह भएको आरोप उनीहरुले लगाउँदै आएका छन् ।

भारतले महाकाली नदीको धार परिवर्तन हुने गरी निर्माण गरिरहेको तटबन्धको विरोध गरिरहेका नेपाली नागरिकमाथि आइतबार अपराह्न करिब ४ बजेतिर दार्चुला पारि भारतको धार्चुलाबाट ढुंगा प्रहार भयो ।

भारतीयको ढुङ्गा प्रहारबाट बांगाबगरस्थित कैलाशपति आधारभूत विद्यालय नजिक खेलिरहेका चार बालक घाइते भए । बच्चाहरु विद्यालय नजिक खेलिरहेका थिए । पारिबाट प्रहार भएको ढुंगाले चारै जनालाई चोट लाग्यो । ती मध्येका १३ वर्षीय प्रेमसिंह कुँवर पनि एक हुन् । उनको निधारमा चोट लागेको छ ।

ढुंगा हानाहानपछि आक्रोशित भएका सदरमुकाम खलङ्गाका स्थानीयले दार्चुलाको नेपाल–भारत जोडने महाकाली नदीमाथिको अन्र्तराष्ट्रिय पुल नाकामा तालाबन्दी गरेर आवतजावत बन्द गर्नुका साथै भारतीय पक्षको विरोधमा आन्दोलन गरेका थिए ।

ढुंगा हानाहानपछि बन्द गरिएको अन्र्तराष्ट्रिय पुल नाका प्रहरीले सामान्य बल प्रयोग गरी केही घण्टामै खुलाएको थियो । नाका खुलाएपछि वारि र पारि दुबै देशतर्फ फसेका सयौँ यात्रु आआफ्नो गन्तव्यतर्फ लागेका थिए ।

आइतबारको घटनापछि प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायसहितको टोलीले भारततर्फ गएर उताको प्रशासनसँग छलफल गरेको थियो । छलफलमा भारतको रिङनेतालपारि थुप्रिएको ढुंगामाटो एवं ग्याबिन जाली हटाउने,नदीलाई बीचमा पार्ने मौखिक सहमति र अब भारतले माथिल्लो भागमा संरचना बनाउँदा परामर्श गर्ने समझदारी भएको प्रजिअ उपाध्यायले बताए ।

केही समय यता सीमा क्षेत्रमा तटबन्धको विषयलाई लिएर द्धन्द्ध सुजना भइरहेको छ । त्यो समुदायस्तरमा समेत फैलिने चिन्ता अधिकारीहरुले गरेका छन् । कालापानीको मुद्दाले पनि बल पाइरहेको अवस्थामा पछिल्लो तनावले उनीहरु झस्किएका छन् ।

२०७८ फागुन २४ मा कम्पनीले नदीभित्रै एक्स्काभेटर लगेर खन्न थालेपछि नेपालतर्फबाट विरोध सुरु भएको थियो । त्यतिबेला पनि दुवैतर्फ ढुंगा हानाहान भएको थियो । त्यसअघि पुसमा पनि यस्तै घटना भएको थियो । एक वर्ष नपुग्दै आइतबार पुनः दुईतर्फी ढुंगा हानाहान भएको हो ।

महाकाली नदीको बहाव साँघुरो पार्दै नदीका चार भङ्गालोलाई भारतले एकत्रित पारेको छ । भारतीय पक्षले बलपूर्वक नेपालतर्फ नदीको धार सोझ्याएको भन्दै स्थानीयले विरोध गर्दै आएका हुन् ।

तटबन्ध निमार्णको काम भारतको अरुण कन्स्ट्रक्सन कम्पनीले ८० करोड भारुमा ठेक्का पाएको हो । बनाउन लागेको संरचना झोलुङ्गे पुलको एक तिहाइभन्दा बढी क्षेत्रमा आएको छ ।

भारतले पछिल्ला दिनमा नदीको धार परिवर्तन हुने गरी निर्माण गरिरहेको तटबन्धले सदरमुकाम खलंगा जोखिममा पर्न सक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । भारतसामु नेपाली प्रशासन निरीह भएको आरोप उनीहरुले लगाउदै आएका छन् ।

सीमामा बारम्बार तनाव हुँदा पनि सरकार मुकदर्शक बनेको स्थानीयको आरोप छ । सीमा क्षेत्रमा भारतीय पक्षको निरन्तरको दादागिरी रोकिनुपर्ने र दुबै देशको सहमतिमा महाकाली नदीमा तटबन्ध निमार्ण हुनुपर्ने स्थानीयको माग छ ।

भारतले यसरी निर्माण गरेको तटबन्धका कारण जिल्लामा जुनुकै बेला सोच्दै नसोचेको घटना घट्न सक्ने खतरा रहेको स्थानीयले बताएका छन् । भारतले बनाइरहेको संरचना अन्तर्राष्ट्रिय सन्धिविपरीत रहेको छ ।

प्राकृतिक प्रकोप तथा विपत्ति रोकथाम तथा नियन्त्रणका लागि कुनै संरचना बनाउनैपरे एकअर्को मुलुकसँग समन्वय र सहमति लिनुपर्ने भएपनि भारतले महाकाली नदी क्षेत्रमा अन्तर्राष्ट्रिय कानुनविपरीत भारतले पछिल्ला दिनहरुमा तटबन्ध निर्माणलाई तीव्रता दिएको छ ।

यसरी सीमा क्षेत्रमा नेपालसँग सल्लाह नै नगरी एकतर्फी तटबन्ध गर्न नहुने भन्दै नेपाली पक्षबाट विरोध हुँदै आएको भए पनि भारतीय पक्षले बेवास्ता गर्दै आएको छ । भारतीय पक्षले सीमा सुरक्षा बल (एसएसबी) को आडमा काम गर्दै आएको छ ।

भारतीय पक्षले धौलीगङ्गाको बाध खोले दार्चुला जिल्ला सदरमुकाम जुनसुकै बेला कटान र डुबानमा पर्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । गत बर्सातमा महाकाली र लास्कु खोलामा आएको बाढीले बाङ्गाबगर क्षेत्रमा निर्माण गरेको तटबन्ध डुबाएकाले भारतीय पक्षले निर्माण गर्ने तटबन्धका कारण दार्चुला खलङ्गा फेरि सखाप हुने देखिएको छ ।

भारतले यसरी महाकालीको धार नेपालतर्फ धकेल्न अनधिकृत पक्की तटबन्ध बनाइरहँदा नेपाल सरकार भने मौन स्थानीयको आरोप छ । यसप्रति परराष्ट्र मन्त्रालयले चासो नै दिएको छैन ।

सीमावर्ती छाङरुदेखि दार्चुला सदरमुकाम खलंगासम्म २ वर्षमा मात्र भारतीय ज्यादतीका कारण दर्जन घटना घटिसकेका छन् । २०७८ साउन १५ मा भारतीय सुरक्षाकर्मीले तुइनको लट्ठा खुस्काइदिएपछि व्यास–२, मालगाउँका ३३ वर्षीय जयसिंह धामी महाकालीमा खसेर बेपत्ता भएका थिए ।

२०७८ जेठ २५ मा भारतले गर्वाधार क्षेत्रमा सडक खन्दा गराइएको विस्फोटले नेपालतर्फ व्याँस गाउँपालिका–२ को दुम्लिङ र कल्जु गाउँ जोड्ने घोरेटो बाटो तहसनहस भयोे । यसैगरी २०७९ कात्तिक ११ गते महाकाली नदीपारि भारतले तावाघाट–लिपुलेक सडक फराकिलो गर्ने क्रममा विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर व्यास गाउँपालिका–२, दुम्लिङका ९ वर्षीय बालक पवन महराको ज्यान गएको थियो ।

दार्चुलामा कालापानी, लिपुलेक र लिम्पियाधुरा अतिक्रमण गरेको भारतले सीमावर्ती क्षेत्रमा पटकपटक ज्यादती गरिरहेको छ ।

नेपाल एकतर्फी तटबन्ध बनाएकोमा भारतलाई पत्र पठाउँदै

महाकाली नदीमा भारतले एकतर्फी तटबन्ध बनाएको विषयमा नेपालले मंगलबार भारतलाई पत्र पठाउने तयारी गरेको छ । आइतवार भएको घटनाको विवरण तथा तटबन्धका विषयमा नेपालले भारतीय पक्षलाई पत्राचार गर्न लागेको हो ।

गृह मन्त्रालयले स्थलगत विवरणसहित हिजो परराष्ट्र मन्त्रालयलाई पत्र लेखेको र परराष्ट्र मन्त्रालयमार्फत् आज भारतीय विदेश मन्त्रालयलाई पठाउने तयारी छ । गृहले स्थलगत विवरणसहित परराष्ट्रलाई पत्र लेखेको र पत्रमा दार्चुलामा देखिएको समस्याको दीर्घकालीन समाधानको प्रयास खोज्नुपर्ने उल्लेख छ ।

एमाले नेता भट्टराई र भण्डारीद्धारा सरकारको ध्यानाकर्षण

नेकपा (एमाले) का सुदूरपश्चिम अध्यक्ष तथा बैतडीका संघीय सांसद दामोदर भण्डारीले दार्चुलामा भइरहेको भारतीय ज्यादतीको विरोध गरेका छन् । ‘भारतीय पक्षबाट सीमानामा एकतर्फी गर्ने कुनै पनि निर्णय एमालेलाई मञ्जुर छैन, नेपाली जनतालाई स्वीकार छैन्,’ अध्यक्ष भण्डारीले भने, ‘म तत्काल सरकारको स्पष्ट धारणा सार्वजनिक गर्न माग गर्दछु । त्यो क्षेत्रको माननीय दिलेन्द्र बडू ज्यूले पनि यस  बिषयमा मुख खोल्नुप–यो ।’

यसैगरी नेकपा (एमाले) का स्थायी कमिटी सदस्य राजन भट्टराईले पनि सीमा नदी महाकालीमा भारतले एकतर्फी ढंगले निर्माण गरिरहेको तटबन्धको काम तत्काल रोक्नका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

भट्टराईले मंगलबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘नदीको धार नै परिवर्तन हुने गरी महाकालीमा जे भइरहेको छ यो तत्काल रोकी यस मामलामा द्विपक्षीय वार्ता गरी सहमति खोजियोस्। यो मामला संघीय सरकारको भएकोले केन्द्रबाट नै पहल हुनुपर्छ ।’

सीमा विवादमा सागर ढकालको बयान

डडेल्धुरामा प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव लडेर चर्चामा आएका सागर ढकालले दार्चुला घटनामा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको धारणालाई समर्थन गर्दै केही आश जागेको बताएका छन् । ‘अब बोल्ने कोही भएकाले’ आशा जागेको उनको भनाई छ । ‘म केही दिन अघि दार्चुला आफै पुगेर फिल्डको अध्ययन गरेको थिएँ। राष्ट्रिय स्वतन्त्र पार्टीको यो विज्ञप्तिमा मेरो सहमति छ तर अब विज्ञप्तिभन्दा अझ एक कदम अगाडि जानुहुन अनुरोध छ,’ उनले लेखेका छन् । उनले परराष्ट्र मन्त्रालयलाई पत्र पठाउन आग्रहसमेत गरेका छन् ।

भारतले महाकालीको धार परिवर्तन हुनेगरी तटबन्ध बनाउँदा पनि सरकार मौन रहेको भन्दै आलोचना बढिरहेको छ । ‘महाकाली नदी सीमा नदी हो ।

२०७० असार २ गते महाकाली नदीमा आएको बाढीले दार्चुला सदरमुकाम खलंगा बजार डुबाउनुका साथै ठुलो धनजनको क्षती भएको थियो । उक्त बेला आएको बाढीले महाकालीको धार नेपालतर्फ र्फकाएर नेपाली भूभाग नदीपारि भारतमा गएको थियो । राजधानी दैनिकबाट

Share This Article
Facebook Email Copy Link Print
Previous Article शुक्रबारदेखि आउने भयो काठमाडौँवासीका घरको धारामा मेलम्चीको पानी
Next Article प्रदेशसभा समानुपातिकतर्फ मधेशमा कांग्रेसलाई धेरै मत, जनमत तेस्रो
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMविश्व

अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

आजको विदेशी विनिमय दर कति छ ? हेर्नुहोस्

57 years ago
काठमाडौँ - KTMराजनीति

माओवादी केन्द्रको बागमती प्रदेश अध्यक्षमा सरल सहयात्री निर्वाचित

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारमौसम अपडेट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, तीन दिन अझै वर्षाको सम्भावना

1 year ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?