Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कांग्रेस र एमालेबीच सत्ता सहकार्य नहुने

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर २१, काठमाडौँ | नयाँ सरकार निर्माणमा संसद्‌को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो दल नेकपा एमालेबीच सत्ता सहकार्य नहुने भएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फको परिणाम आएसँगै नयाँ सरकार गठनका सन्दर्भमा कांग्रेस-एमाले मिल्न सक्ने चर्चा गरिए पनि उनीहरूबीच सत्ता सहकार्य नहुने भएको छ ।

वर्तमान पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरूले गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेकोले एमाले प्रमुख प्रतिपक्षीको भूमिकामा रहने सम्भावना बढेको एमाले नेताहरूको बुझाइ छ । गठबन्धन दलहरूबीच सरकार बनाउने विषयमा छलफल भइरहेकाले उनीहरूले नै सरकार बनाउन सक्ने धारणा राख्दै एमाले उपाध्यक्ष युवराज ज्ञवालीले बताए |

उनले भने, नीति, विचार र सिद्धान्त नै फरक भएका संसद्का प्रतिस्पर्धी दलहरुबीच सरकारमा सहकार्य हुने कुरा मनोगत कुरा हुन्। विपरीत विचार भएका प्रतिस्पर्धीशक्ति मिलेर सरकार बनाउने सिद्धान्तहीन तर्क हो ।

उनले गठबन्धन दलहरूबीच भागबण्डामा कुरा मिलेन र सरकार बनाउने प्रयास असफल भयो भने मात्र एमालेको नेतृत्वमा कम्युनिस्ट वामपन्थीहरूको सरकार बन्ने बताए । यो समाचार नेपाल समाचार दैनिकमा छ ।