By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    15 minutes ago
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    19 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    21 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    21 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 minutes ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    29 minutes ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    21 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: नेपालको विश्वकप यात्राका रोचक प्रसङ्ग
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > नेपालको विश्वकप यात्राका रोचक प्रसङ्ग
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

नेपालको विश्वकप यात्राका रोचक प्रसङ्ग

साझासवाल
Last updated: December 13, 2022 9:34 am
साझासवाल
12 Min Read
Share

मङ्सिर २७, काठमाडौँ | विश्वकप फुटबल प्रतियोगितामा सहभागिता सबै राष्ट्रको सपना हुने गर्छ तर यो ‘कठिन यात्रा’ थोरै राष्ट्रले मात्र पार गर्न सक्छन्। अवसर भने सबै फिफा सदस्य राष्ट्रले पाउँछन् नै। नेपालले पनि विश्वकप पुग्न ३६ वर्ष अगाडि देखि प्रयास गरिरहेकै छ। भलै यसमा नेपाल दोस्रो चरणभन्दा अगाडि पुग्न सकेको छैन। साढे तीन दशकको यो यात्राका बिचमा दुई विश्वकप छनोटमा सहभागी नभएको नेपालले भाग लिएका खेलहरूमा भने अनेक इतिहास बनाउँदै आएको देखिन्छ।

सन् १९८६ – आफ्नै घरबाट

लामो फुटबल इतिहास भएपनि नेपालले विश्वकप छनोट खेलको शुरुआत १९८६ को विश्वकप छनोटबाट मात्र गर्‍यो, त्यो पनि आफ्नै घरेलु मैदान दशरथ रङ्गशालाबाट।

वास्तवमै भन्ने हो भने १९८६ को विश्वकप यस्तो संस्करण हो, जहाँबाट नेपालीहरूलाई विश्वकप फुटबलको लत लाग्यो।

यसै संस्करणका बेला नेपालमा टेलिभिजनको युग शुरु भएको थियो र नेपालीहरूले विश्वकप फुटबल हेरेर मज्जा लिएका थिए।

म्याराडोनाको आर्जेन्टीनाले विश्वकप जितेको सो विश्वकप हेरेपछि नेपालमा आर्जेन्टीनाको प्रशंसकहरूको जरा गडेको थियो, जुन प्रभाव अहिलेसम्मपनि देख्न सकिन्छ।

विश्वकप छनोटमा नेपालको समूहमा दक्षिण कोरिया र मलेसिया थियो। दक्षिण कोरियासँग ठूलो अन्तरले हार्ने अनुमान गरिएको थियो। खेल्नु अगाडि एक नेपाली पत्रिकामा नेपालका सबै खेलाडीहरू गोलपोष्टमा बल रोक्न थुप्रिएको कार्टुन नै छापिएको थियो।

तर रुपकराज शर्माको ‘गोल्डेन जेनेरेशन’ टोली भनेर चिनिएको नेपाली टोलीले दक्षिण कोरियालाई २-० मै रोक्यो।

त्यो पनि एक गोल पेनाल्टीमा र अर्को आत्मघाती गोल भएको थियो। 

अनि मलेसियालाई त नेपालले गोलरहित बराबरी मै रोकिदियो।

जित्न नसकेपनि त्यो एक अङ्क नेपालको लागि विश्वकपमा पाएको सुखद शुरुआती अङ्क थियो। स्ट्राइकर ज्ञानीराजा श्रेष्ठले गोलको एउटा राम्रो अवसर गुमाएका थिए।

त्यसपछि प्रतिस्पर्धीको मैदानमा खेलिने ‘अवे’ खेलमा भने नेपाल दक्षिण कोरियासँग ४-० र मलेसियासँग ५-० ले हार्न पुग्यो।

दक्षिण कोरिया उक्त समूहबाट पहिलो पटक विश्वकपमा छनोट भयो। र त्यसबेला देखि उ नियमित रुपमा विश्वकपमा छनोट हुँदै आएको छ।

स्मरणीय कुरा के छ भने त्यहि दक्षिण कोरियालाई च्याम्पियन आर्जेन्टीनाले विश्वकपमा मुश्किलले ३-२ ले पराजित गरेको थियो।

सन् १९९० –  गोलको वर्षा

सन् १९९० को इटली विश्वकप प्रतियोगिताका निम्ति भएका छनोट खेलहरूमा नेपाल गणेश थापाको नेतृत्वमा उत्रिएको थियो।

प्रतिद्वन्द्वीहरू थिए उहि दक्षिण कोरिया र मलेसिया। त्यसमा थपिएको थियो सिंगापुर।

‘होम एण्ड अवे’ गरी खेलिएको ६ खेलमा नेपालले कुल २८ गोल खान पुग्यो, नेपालले विश्वकप छनोटमा अहिलेसम्म खाएको सर्वाधिक गोल थियो त्यो।

विश्वकपको महाकुम्भमा अभ्यस्त हुन तम्तयार हुन थालेको नेपाली टोलीले दक्षिण कोरियासँग ९-० र ४-०, मलेसियासँग २-० र ३-० तथा सिंगापुरसँग ३-० र ७-० ले पराजित हुन पुगेको थियो।

सन् १९९४ – राजनीतिक असर

सन् १९९४ को विश्वकप छनोटमा नेपालले भाग लिएन।

कारण थियो नेपालमा भएको राजनीतिक परिवर्तन र त्यसको अखिल नेपाल फुटबल संघमा परेको असर। 

विसं २०४६ सालमा प्रजातन्त्रको प्राप्ति भएपछि खेलकुद क्षेत्र अलमलको स्थितिमा थियो।

लामो समय पञ्चायती शासनमा अभ्यस्त खेलकुद त्यसको केही समय त झन्डै निष्क्रिय जस्तै बन्न पुगेको थियो।  

त्यसबेला एन्फामा आदित्यध्वज जोशी अध्यक्ष थिए।

बहुदल प्राप्तिको यहि अलमलमा एन्फाले विश्वकप छनोटमा नाम लेखाउन चुक्यो।   

सन् १९९८- चर्चा खेलभन्दा खेलाडीको

जापान र ओमानमा खेलिएको उक्त विश्वकप छनोटमा नेपालको प्रदर्शनभन्दा पनि चार नेपाली खेलाडीहरू जापानमा पलायन भएको घटनाले चर्चित बन्यो।

जापानमा खेलिएको दोस्रो चरणका खेलका बेला खेलाडीहरू नरेन्द्र श्रेष्ठ, बबिन विष्ट, शौगेश श्रेष्ठ र राजेश थापा त्यहिँ लुके।

त्यो अन्तर्राष्ट्रिय समाचारको विषय बन्यो।

एन्फाका तत्कालीन महासचिव लोकबहादुर शाहीले ती खेलाडीहरूलाई पातालबाट खोजेर ल्याउँछु भन्ने चर्चित अभिव्यक्ति दिए।

खेलाडीहरू खोज्न टिम मेनेजर कृष्णभक्त मानन्धर एक महिना जापानमै बसे।

तर खेलाडीहरू फेला परेनन्।

नेपालको नतिजा भने सन्तोषजनक नै थियो। त्यही छनोटमा नेपालले पहिलो पटक गोलको खाता खोल्यो।

ओमानमा खेलिएको खेलमा नेपालले मकाउसँग १-१ को बराबरी गर्दा स्ट्राइकर हरि खड्काले नेपालको लागि पहिलो गोल गरे।

जापानमा खेलिएको दोस्रो लेगमा नेपाल-मकाउको खेल १-१ कै नतिजामा टुंगिएको थियो। त्यसमा नेपालबाट गोल गर्ने खेलाडी थिए दीपक अमात्य।

उक्त विश्वकप छनोटको अर्को विशेषता के रह्यो भने नेपालकै समूहमा रहेको जापानले पहिलो पटक विश्वकपमा खेल्यो र जापानको त्यो क्रम अहिलेसम्म जारी नै छ।

सन् २००२- दुई जित, एक ह्याट्रिक, १३ गोल

सन् २००२ को विश्वकप छनोट प्रतियोगिताका थुप्रै पटकथाहरू छन्। यो यस्तो छनोट प्रतिस्पर्धा थियो, जतिखेर संघ विभाजित थियो, खेलाडीहरू विभाजित थिए, सहभागितामा नै अन्योल थियो।

तर जब नेपालले मैदानमा उत्रियो, खेलाडीहरूले ऐतिहासिक प्रदर्शन गरे। २ जित, एक ह्याट्रिक सहित १३ गोल गरेर अहिलेसम्मकै उपलब्धिपूर्ण नतिजा लिएर टोली फर्कियो। 

त्यतिबेला गीता राणा र गणेश थापाको नाममा राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी दुई एन्फा अस्तित्वमा थियो।

छनोट खेल्न दुई संघको फरक फरक टोली फरक स्थानमा प्रशिक्षण गरिरहेका थिए। तर सहभागिता भने अन्योलमै थियो।

तत्कालिन राखेप सदस्य सचिव विनोद शंकर पालिखेले दुवै संघलाई सहमतिमा ल्याएर राखेपकै पहलमा एउटै टिम बनाएपछि नेपालको सहभागिता सम्भव भयो।

इराकी मैदानमा इराक विरुद्ध गोल गरेर खेलको शुरुआत गरेको नेपालले मकाउ विरुद्ध ४-१ को जित निकाल्यो। यो विश्वकप छनोटमा नेपालको पहिलो जित थियो।

कजाकिस्तानमा खेलिएको अवे खेलमा मकाउलाई नेपालले ६-१ ले हरायो। निराजन रायमाझीले उक्त खेलमा ह्याट्रिक गरेर इतिहास रचे।

खेलेको कुल ६ खेलमा रायमाझी एक्लैले ७ गोल गरे। उनी एसियाली छनोटमा सर्वाधिक गोल गर्ने खेलाडीमा सातौँ नम्बरमा परेका थिए। 

नेपालबाट रायमाझीको ७ गोलका अतिरिक्त हरि खड्का र बसन्त थापाले २-२ गोल तथा बालगोपाल महर्जन र दीपक लामाले १-१ गोल गरेका थिए।

इराक विरुद्ध ४-२ को हारमा त नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो। एक इराकी पत्रकारले “कजाकिस्तानलाई छनोट गराउन इराक विरुद्धमात्र राम्ररी खेलेको हो?” भनी प्रश्न समेत गरेका थिए।

विना प्रशिक्षणको यो उपलब्धि खेलाडीहरूको लागि पनि सपना सरह नै थियो।

सन् २००२ को विश्वकप छनोट खेल

सन् २००२ को विश्वकपका निम्ति भएको छनोट खेलका बेला ४ नेपाली खेलाडी जापानमै भागेका थिए

सन् २००६ – डरले गुमेको अवसर

यो विश्वकप छनोटमा नेपालले भाग लिएन। दोस्रो पटक यस्तो भयो। यसको कारण पनि अनौठो थियो।

नेपालको पहिलो प्ले अफ खेल गुआमसँग थियो। नेपालले सहभागिताको लागि टिम दर्ता पनि गरिसकेको थियो।

तर विश्वकप छनोट खेल्न जानु ६ महिना अगाडि दक्षिण कोरियामा भएको एसियन कप छनोटमा एउटा घटना भयो।

छनोट खेल्न गएका तीन खेलाडीहरू नारायण मानन्धर, शुक्र तामाङ र दीपक लामा कोरियामा नै लुके।

खेलाडी पलायन र त्यसैको कारण दक्षिण कोरियासँग १६-० गोलको इतिहासकै ठूलो अन्तरको हार बेहोरेर नेपाली टोली फर्किएको थियो।

यो घटनाको असर विश्वकप छनोटको सहभागितामा पर्न गयो। किनभने गुआम अमेरिकाको अधिनमा रहेको राष्ट्र थियो र त्यहाँ जान अमेरिकाको भिसा लगाउनुपर्थ्यो।

कोरियामा जसरी अमेरिकाको भिसा लागेका खेलाडीहरू पनि पक्कै भाग्नेछन् भन्ने डर एन्फा पदाधिकारीहरूमा देखियो।

अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापा थिए।

त्यसैले दर्ता गरिसकेको नेपालले प्रतियोगिताबाट नाम झिक्यो। बरु त्यसको लागि १० हजार डलर जरिवाना तिर्नुपर्‍यो।

यसमा विशेष कुरा के रह्यो गुआमले पनि प्रतियोगिताबाट नाम झिक्यो।

दुवै टिमले नाम फिर्ता लिएपछि पहिलो चरणमा पराजित भएपनि लाओसको दोस्रो चरणमा पुग्ने भाग्य जुर्‍यो। 

सन् २०१० – कालो झण्डा र म्याच मिलेमतोको आरोप

विश्वकप छनोटको प्रणाली फेरिएको थियो।

समूह चरणमा पुग्न अगावै प्ले अफ चरण पार गर्नुपर्ने प्रणाली थियो।

प्ले अफ खेलमा नेपालको प्रतिद्वन्द्वी ओमान थियो।

होम एन्ड अवे को प्ले अफमा जब नेपालले दशरथ रङ्गशालामा ओमानलाई निम्तो दियो नेपाली फुटबलको वातावरण बेग्लै थियो। 

एन्फा नेतृत्व विरुद्ध एक समूह सकृय भइरहेको थियो। खेलको बेलामा उनीहरूले रङ्गशालामा कालो झण्डा देखाए।

खेलमा भने नेपालले राम्रो प्रदर्शन गर्‍यो। बलियो मानिएको ओमानसँग २-० ले मात्र पराजित भयो। नेपाली प्रशिक्षक श्याम थापाको प्रशंसा भयो।

खेलपछिको पत्रकार सम्मेलनमा एकजनाले “के यो म्याच फिक्स थियो?” भनी प्रश्न गरे। जबाफमा भद्र छवि भएका प्रशिक्षक थापा निकै बेर रिसाएका थिए।

सन् २०१४ – ह्याट्रिक अनि वर्षा

नेपालले घरेलु भूमिमा विश्वकप छनोटको पूर्ण मज्जा लिएको थियो २०१४ को विश्वकप छनोटमा।

प्ले अफको शुरुआतमा नेपालको प्रतिद्वन्द्वी टिमोर लिस्टे थियो। दशरथ रङ्गशालामा भएको सो खेलमा भरत खवासको शानदार ह्याट्रिकमा नेपालले खेल ५-१ ले खेल जित्यो।

त्यसपछि दोस्रो राउण्डमा नेपालको भेट जोर्डनसँग भयो। जोर्डन पुग्दा नेपाल ९-० ले हार्दै फराकिलो स्कोर लिएर फर्केको थियो।

तर नेपालमा निम्तो दिँदा भने स्थिति गजबको बन्यो।

भरिभराउ दर्शक अनि भारी वर्षाको बिच रङ्गशालामा नेपालले जोर्डनलाई १ -१ को बराबरीमा रोक्यो।

भरत खवासले नेपालको लागि गोल गरे। सन्तोष शाहुखलले डि बक्स भित्रको एउटा उत्कृष्ट अवसर गुमाउँदा नेपाल जितको मौका गुमेको थियो।

कतिपयले अहिले पनि नेपालले पानी परेको बेला राम्रो खेल्छ भनेर यो खेललाई सम्झिने गर्छन्। 

सन् २०१८-  एक्रिडिसन कार्ड हराउँदा

खेलको हिसाबले सन् २०१८ को छनोट प्रभावी भएन। प्ले अफमा नेपालको प्रतिद्वन्द्वी भारत थियो। गुवाहटीमा भएको खेलमा नेपाल भारतसँग २-० ले पराजित भयो भने नेपालमा भएको खेल गोल रहित बराबरीमा टुंगिएपछि नेपालको यात्रा समाप्त भयो। तर एउटा घटना भने रोचक बन्न पुग्यो।

गुवाहटीमा खेलेर कोलकाता हुँदै नेपाल फर्किने बेलामा एयरपोर्ट पुगेपछि थाहा भयो सबै खेलाडीहरूको एक्रिडिसन कार्ड ट्याक्सीमा छुटेछ। त्यसको तीन दिनपछि नेपालमा भारतसँग होम म्याच थियो र त्यसको लागि कार्ड अनिवार्य हुन्थ्यो।

कार्ड खोज्न मेनेजर रमेश रायमाझी र अफिसियल सुदर्शन देवकोटा कोलकातामै बसे। उनीहरूले ट्याक्सीको नम्बर पत्ता लगाएर दुई दिन दुई रात खोजेर कोलकतामा कार्ड खोजेरै ल्याउन सफल भए।

कार्ड हराउनु समस्या थिएन – एएफसीले अर्को बनाइदिन्थ्यो। तर त्यसको लागि प्रत्येक कार्डको १२ सय डलर तिर्नुपर्थ्यो। जुन ३० जना खेलाडी र अफिसियलको गरी ३६ हजार डलर हुन्थ्यो। अर्थात त्यतिबेलाको ३५ लाख रुपैयाँ भन्दा बढी। 

सन् २०२२ – कोभिडको ग्रहण र रङ्गशाला नबन्दाको दु:ख

सन् २०२२ को विश्वकप छनोटका पनि थुप्रै कथाहरू छन्। तर विशेषत दुई कारणले यसलाई स्मरण गरिन्छ। एउटा कोभिडको असर र अर्को रङ्गशाला पुनर्निर्माणको काम पूरा नभएको हुँदा नेपालमा खेल आयोजना नहुनु।

एसियाली वरीयतामा उत्कृष्ट ३४ भित्र परेकोले प्ले अफ नखेली नेपालले सिधै विश्वकप छनोट २०२२ को दोस्रो चरणमा पुगेको थियो।  नेपालको समूहमा अस्ट्रेलिया, कुवेत र चाइनिज ताइपेई थियो।

तालिका अनुसार नेपालले पहिले ‘होम म्याच’को आयोजना गर्नु थियो र अस्ट्रेलियालाई पहिलो पटक रङ्गशालामा निम्त्याउने अवसर थियो। तर १३ औँ दक्षिण एसियाली खेलकुदको लागि रङ्गशाला मर्मत भइरहेकोले नेपालले पहिले अवे म्याच खेल्न एएफसीलाई अनुरोध गर्‍यो।

अस्ट्रेलिया, कुवेत अनि चाइनिज ताइपेईमा अवे म्याच खेलेर फर्केपछि अब पालो नेपालको थियो। तर मर्मतकै क्रममा रहेको रङ्गशाला विश्वकप छनोटको लागि योग्य नभएको एएफसीले बताएपछि नेपालले कुवेत विरुद्धको खेल भुटानलाई तटस्थ भूमि मानेर खेल्नुपर्‍यो।

बाँकी दुई खेलको लागि रङ्गशाला तयार हुँदै थियो। तर विश्वव्यापी रूपमा कोभिड-१९ भाइरस संक्रमण फैलिएको कारण एएफसीले बाँकी खेल कुवेतमा लगेर आयोजना गरिदियो।

लामो समय लगाएर तयार भएको दशरथ रङ्गशालाको हरियो घाँसमा आखिरमा विश्वकप छनोटको कुनै खेल भएन। चाइनिज ताइपेईलाई उसकै गृहमैदानमा गएर २-० ले पराजित गर्नु उक्त छनोटको मुख्य विशेषता रह्यो। जुन दुवै गोल अञ्जन विष्टले गरेका थिए।   

अब सन् २०२६

अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने २०२६ विश्वकपको लागि सन् २०२३ देखि छनोट प्रतियोगिता शुरु हुनेछ। नेपालले २०२३ को सेप्टेम्बरमा खेल्ने पक्का भइसकेको छ। कुन कुन प्रतिद्वन्द्वीसँग खेल्ने हो भन्ने चाहिँ कतार विश्वकप पछि थाहा हुने नै छ। बिबिसीबाट

Share This Article
Facebook Email Copy Link Print
Previous Article अर्जेन्टिनी प्रशिक्षक भन्छन् : क्रोएसियाको टिम एकता मुख्य चुनौती
Next Article जबरा आजबाट अनिवार्य अवकाशमा
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMराजनीति

प्रधानमन्त्री रोजगार कार्यक्रम सित्तैमा भत्ता बाँड्ने कार्यक्रम होइन : श्रममन्त्री विष्ट

57 years ago
काठमाडौँ - KTMगुल्मी - GLMसमाज

हतियारका रुपमा प्रयोग महिलाको अस्मीता: पुरुषलाई यसरी वलात्कार मुद्धामा फसाउँदै

57 years ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

नेपाल प्रहरीको सक्रियतामा दसगजा मिचेर भारतलाई भन्सार बनाउन रोक

57 years ago
काठमाडौँ - KTMविश्व

अमेरिकामा गोली हानी तीन बालबालिकासहित चारको हत्या

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?