Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

हरेक तीन वर्षमा फिफा विश्वकप!

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

पुस ५, काठमाडौँ | कतार विश्वकपको ‘व्यावसायिक सफलता’ पछि फिफाले हरेक तीन वर्षमा विश्वकप गर्नुपर्ने विषयमा छलफल अगाडि बढाएको छ।

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले कतार विश्वकप फिफाका लागि ‘व्यावसायिक’ रूपमा सर्वाधिक सफल विश्वकप भएको भन्दै फुटबलको विश्वव्यापी प्रभावलाई मध्यनजर गर्दे हरेक तीन वर्षमा विश्वकप आयोजना गर्ने बारेमा लङ टम योजना बनाएर कार्यन्वयन गर्नुपर्ने विषयमा आफ्नो धारणा राखेका हुन्। २०२५ को क्लब विश्वकपका विषयमा छलफल गर्नका लागि भएको बैठकमा अध्यक्ष इन्फान्टिनोले उक्त धारणा सार्वजानिक गरेका थिए।

उनले क्लब, खेलाडी र अन्तर्राष्ट्रिय फुटबल संघहरू समक्ष हरेक ४ वर्षमा हुने विश्वकपका बारेमा पुनर्विचार गर्दै फुटबलको लोकप्रियतालाई थप उचाइमा पुर्‍याउन हरेक ३ वर्षमा विश्वकप आयोजना गर्नुपर्ने धारणा राखेका हुन्। अध्यक्ष इन्फान्टिनाेले जाडो महिनामा आयोजना भएको यो विश्वकप गेम चेन्जर सावित भएको बताए। उनले युरोपमासमेत यसकाे लोकप्रियता उत्कर्षमा पुगेको भन्दै पछिल्लो एक महिनामा विश्वमा फुटबलको नयाँ आयामहरू देखिएको बताए। कतार विश्वकपमा खेलाडी बढी चोटिल भएको तथा थाकेका रिपोर्टहरू सार्वजनिक भइरहँदा फिफाले ऐतिहासिक रकम कलेक्सन गरेको थियो।

प्रतियोगिताबाट ६.२ बिलियन पाउन्ड बराबरको राजस्व संकलन भएको थियो। रुसमा २०१८ मा ८४० मिलियन पाउन्ड संकलन भएको थियो। यद्यपि २०३० को विश्वकपसम्म यो परिवर्तन सम्भव हुने सम्भावना कमजोर रहेको छ। किनकि फुटबका २०२४ देखि २०३० सम्मको क्यालेन्डर लगभग तयार भइसकेको छ। तर यो विषय चर्चा सुरु भएसँगै फिफाले चाहेमा भने परिवर्तन सक्ने सम्भावना बलियो बनेको छ।