२०८३ असार २, मंगलबार | ०४:०८ बिहान

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीका लागि देउवा र प्रचण्डबीच हानथाप

२०७९ पुष ७, बिहीवार

पुस ७, काठमाडौँ | राष्ट्रपतिबाट सरकार गठन आह्वान भएको तेस्रो दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसदीय दलको नेतामा निर्वाचित भए। उनले गगन थापालाई ३९ मतान्तरले पराजित गर्दै छैटौंपटक प्रधानमन्त्री बन्ने बाटो खुला बनाए। तर उनका लागि तगारो बनेका छन्, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'।

जसरी पनि पहिलो लटमा प्रधानमन्त्री बन्ने चाहना राखेका प्रचण्डले देउवालाई दबाब बढाउँदै लगेका छन्। बुधबार अर्थमन्त्रीसमेत रहेका पार्टीका उपमहासचिव जनार्दन शर्मा प्रचण्डका दूत बनेर बालुवाटार पुगेका थिए। यही गठबन्धनलाई जोगाउँदै नयाँ सरकार बनाउनुपर्ने अर्थमन्त्री शर्माले प्रधानमन्त्री देउवालाई सुझाएका थिए। तर त्यसका लागि प्रचण्डलाई पहिले सरकारको नेतृत्व दिनुपर्ने उनको आग्रह थियो।

'आलोपालो गर्ने विषयमा तपाईं र हाम्रोबीच राम्रो अन्डरस्ट्यानिङ छ।  सरकारको नेतृत्व गर्ने पालो अब माओवादीलाई दिनुपर्छ। त्यसपछि फेरि पालो त तपाईंकै हो,' अर्थमन्त्री शर्माको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।

प्रचण्डले देउवालाई गलाउनकै निम्ति 'एमाले कार्ड' खेलेको स्रोतको दाबी छ। माओवादी अहिले पनि यही गठबन्धनलाई निरन्तरता दिन चाहेको स्रोतको भनाइ छ।

'माओवादी यही गठबन्धनलाई निरन्तरता दिन चाहन्छ। तर त्यससँगै पहिले सरकारको नेतृत्व पनि दाबी गर्छ,' माओवादीका एक नेताले भने। देउवाले मनोमानी गरे गठबन्धनबाट बाहिरिने र एमालेसँगको सम्बादलाई अगाडि बढाउने ती नेताको भनाइ छ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते