2026-09-19 11:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वीरगञ्ज भन्सारमा झन्डै २ हजार गाडी अड्किए

पुस १५, काठमाडौँ | विभिन्न व्यवसायीले आयात गरेर वीरगञ्ज भन्सार ल्याइपुर्‍याएका सवारीसाधन जाँचपास गराएर नलग्दा भन्सार परिसरमा पार्किङमै समस्या आउन थालेको छ । भन्सार स्रोतका अनुसार अहिले त्यहाँ १ हजार ९ सय ९७ गाडी छन् । त्यसमा १ हजार ४ सय ३७ ट्रक, बस, टिपरजस्ता ठूला गाडी छन् । बाँकी ५ सय ६० जीप, कार, भ्यान छन् । 

त्यहाँ सवारीसाधन राखेबापत व्यवसायीले पार्किङ शुल्क तिरे पनि ठाउँको अभाव हुँदै गएपछि भन्सार कार्यालय असहज स्थितिमा देखिन्छ । ‘दुई महीनाभन्दा बढी भन्सार परिसरमा गाडी राखेमा जफतको प्रक्रिया अघि बढाउन सकिने कानूनी प्रावधान भए पनि यहाँ त्यस्तो हुँदैन,’ भन्सारका एक अधिकारीले आर्थिक अभियानसँग भने ।

अहिले वीरगञ्ज भन्सारमा रोकिएका सवारीसाधनमा टाटा, अशोक लेल्यान्ड, टोयोटा र हुन्डाई ब्रान्डका धेरै रहेको भन्सार कार्यालयले जानकारी दिएको छ । 

नेपालका लागि टोयोटाका अधिकृत वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिका सिनियर सेल्स म्यानेजर महेन्द्र श्रेष्ठ गाडी विक्री नै नभएपछि भन्सारमा थुप्रिएको बताउँछन् । ‘गाडी विक्री नै हुँदैन । ग्राहकले नकिन्ने गाडी उच्च भन्सार तिरेर ल्याएर के गर्नू,’ उनले भने । सर्वसाधारणसँग पैसा नभएकाले गाडी विक्री घटेको उनको अनुमान छ । 

व्यवसायीले आर्थिक स्थिति सहज हुँदै गएर विक्री बढ्न थालेपछि मात्रै ती गाडी छुटाउने बताइरहेका छन् । सरकारले गाडीमा उच्च भन्सार महसुल लिन्छ । त्यसैले विक्री नभएर गोदाममा थन्क्याउनुपर्ने गाडीलाई चर्को भन्सार तिरेर ल्याउने ‘मुड’मा व्यवसायी देखिँदैनन् । उनीहरूले उच्च भन्सार तिरेर ल्याउनुभन्दा केही पार्किङ शुल्क तिरेर त्यहीँ राख्ने विकल्प उत्तम ठानेको देखिन्छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह