२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ब्रेकअप हुने कुरा ३ महिनाअघि नै थाहा हुने, वैज्ञानिकले पत्ता लगाए नयाँ तरिका

२०७९, २५ पुष सोमबार ०६:०७

पुस २५, काठमाडौं | सबै कुरा ठिकठाक चलिरहेको थियो । छिटै बिहेको योजना पनि भैरहेको थियो । उनीहरु एक अर्कालाई निकै माया गर्दथे । तर अचानक एकदिन उनीहरुबीच ब्रेकअप भयो । आखिर यो कसरी हुनुपुग्यो त्यो कसैलाई थाहै भएन । ब्रेकअपको कारण उनीहरु दुबैलाई पनि पत्तै भएन ।

लामो समयदेखि चलिरहेको गहिरो प्रेम सम्बन्धमा यसरी एकाएक दरार आएर ब्रेकअप हुनु पीडादायी हुन्छ नै । केही समय पछि ब्रेकअप हुन्छ है भनेर अलिक अगाडि नै थाहा भैदिएको भए बरु अलिक मनस्थिति बन्दै जान्थ्यो होला । तर अचानक ब्रेकअप भैदिँदा मानिसले मन थाम्न नसकेर गलत बाटो पनि लिन सक्दछ ।


सायद यहीँ परिस्थितिलाई मध्यनजर गर्दै वैज्ञानिकहरुले नयाँ खोज गरेका छन् । उनीहरुले यस्तो तरिका पत्ता लगाएका छन् जसले तपाइँलाई आफ्नो प्रेमी वा प्रेमिकासँग ब्रेकअप हुँदैछ भनेर ३ महिना अगाडि नै थाहा हुनेछ ।

अमेरिकाको युनिभर्सिटी अफ टेक्सासका शोधकर्ताहरुले ६ हजार ६०३ जना रेडिट प्रयोगकर्ताका १० लाख २७ हजार ५४१ वटा पोस्टहरुको अध्ययन गरेर यस्तो निष्कर्ष निकालेका हुन् । उनीहरुले रेटिको सबरेडिट पोस्ट r/Breakups मा ती पोस्टहरु गरेका थिए ।

यसको मतलब उनीहरुले आफ्ना पोस्टमा आफुहरुको ब्रेकअप हुन लागेको भनेर लेखेका थिएनन् । तर जब ब्रेकअपको भाव उनीहरुको दिमागमा आएको हुन्थ्यो तब पोस्टको भाषामै बदलाव आएको देखिन्थ्यो ।

प्रोसिडिंग्स अफ द नेसनल एकेडेमी अफ साइन्सेसमा प्रकाशित भएको उक्त शोध अनुसार शोधकर्ताहरुले प्रयोगकर्ताहरुका ब्रेकअप भन्दा २ वर्ष अगाडि र २ वर्ष पछाडिसम्मका रेडिट पोस्टहरुको विश्लेषण गरेका थिए । त्यस क्रममा उनीहरुले प्रयोगकर्ताका पोस्टका भाषामा परिवर्तन आएको देखे ।

ब्रेक हुनेवाला प्रयोगकर्ताको रेडिट पोस्टको भाषामा ब्रेकअप भन्दा ३ महिना अगाडिबाट परिवर्तन आउन थालेको उनीहरुले पत्ता लगाए । ब्रेकअप भएको ६ महिना पछिसम्मै त्यस्तो परिवर्तित भाषामा कुनै फरकपना देखिएन ।

भाषामा खासगरी म, हामीजस्ता आफ्नै लागि प्रयोग गर्ने शव्दहरुको मात्रा बढ्ने गरेको पाइएको छ । जुन कुरामा तनाव देखिन्छ, त्यसमै उनीहरुको फोकस देखिन्छ र त्यस्तै खालको भाषाको प्रयोग हुन्छ जसका माध्यमबाट कुनै मतलब निकाल्न सकियोस् । मानिसहरुको विश्लेषणात्मक सोँच कम बन्दै जान्छ । ब्रेकअपको ३ महिना अगाडिबाट मानिस धेरै निजी तथा अनौपचारिक भाषा बोल्न वा पोस्ट गर्न थाल्दछ ।

उदाहरणका लागि : मलाई थाहा छैन कि मैले आफ्नो कहानी बताउँ कि नाइँ । मलाई सहयोग चाहिएको छ किनकि मैले आफैलाई हराएको महसुस गरिरहेको छु । तर मेरो कहानी लामो छ, मलाई यो पनि थाहा छैन कि यसलाई शेयर गर्नु ठीक हो कि होइन ।

वास्तवमा यस्ता खालका पोस्टहरु मानिसहरुमा सामान्य रुपमा देखिँदैनन् जब उनीहरु आफ्नो सामान्य सम्बन्धको बारेमा कसैसँग कुराकानी गरिरहेका हुन्छन् । तर जब सम्बन्धमा उतारचढाव आउँदछ र उनीहरुको मन बदलिन्छ तब यस्तो खालको भाषाको प्रयोग हुन्छ ।

प्रमुख शोधकर्ता साराह सेरोजका अनुसार मानिसहरुलाई आफ्नो ब्रेकअप हुनेवाला छ भनेर पहिले नै थाहा हुन्छ । तर उनीहरु कहिल्यैपनि आफ्नो भाषामा ध्यान दिँदैनन् । उनीहरुको जीवन प्रभावित हुन सुरु भएको हुन्छ ।

हामीले कतिपटक आफ्नो भाषामा prepositions, articles तथा सर्वनामको प्रयोग गरेका छौँ भन्ने कुरामा ध्यान दिदैनौँ । यो अवस्थामा हाम्रो भाषामा यसको प्रयोग बढ्दै जान्छ । यसले ब्रेकअपको चरणमा रहेको मान्छेको मनोवैज्ञानिक स्थिति पत्ता लाग्दछ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा