Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मलेसियामा बन्धक बनाइएका थप १२ जना नेपाल फर्किए

By साझासवाल 5 मिनेट पढाइ

माघ ६, काठमाडौँ | मलेसियामा बन्धक बनाइएका थप १२ जनाको उद्धार भएको छ । नेपाल सरकारको पहलमा बन्धक बनेको २० दिनपछि शुक्रबार  गोरखाका ३ सहित १२ जना नेपाल फर्किएका हुन् । बन्धक बनाइएका १९ मध्ये ७ जनाको अघिल्लो बुधबार उद्धार भएको थियो ।

शुक्रबार गोरखाका विष्णुप्रसाद ढकाल, सुजन गोतामे, टीकाराम गोतामे, मकवानपुरका प्रदीप कोइराला र भेषबहादुर सुवेदी, उदयपुरका इन्द्रबहादुर क्षेत्री, सप्तरीका सुनील अधिकारी, रौतहटका हजारीप्रसाद पटेल, विरवलराय यादव, हिरालाल राउत, चितवनका सन्तोष परियार र धादिङका सुरज खड्का नेपाल फर्किएका हुन् । उनीहरू आफैले विमान भाडा बेहोरेर फर्किएका हुन् ।

रोजगारीका सिलसिलामा मलेसिया पुगेकाहरू पुस १७ गतेबाट केलाङ भन्ने सहरको एक भवनको तेस्रो तलामा बन्धक बनाइएका थिए । काठमाडौंस्थित सानेपाको खोजी रिक्वायरमेन्ट म्यानपावर कम्पनीबाट भदौ २३ गते मलेसियास्थित हङ टिज चिकेन सप्लायर्समा उनीहरू कामका लागि पुगेका थिए ।

कम्पनीका सञ्चालकले एक कामदारलाई कुटपिट गरेपछि अन्य कामदारले विरोध जनाएसँगै उनीहरू कामबाट निकालिएका हुन् । अब म्यानपावर कम्पनीसँग क्षतिपूर्तिका लागि माग गर्ने गोरखाका ठाकुर रेग्मीले बताए । ‘सहमतिमा क्षतिपूर्ति दिए राजीखुसी जान्छौँ,’ उनले भने,‘आफ्नो अधिकार छाड्दैनौँ, क्षतिपूर्ति नदिए कानुनी बाटोमा जान्छौँ ।’

नेपाल फर्किएकाहरू काठमाडौंस्थित एक होटलमा बसेका छन् । नेपाल सरकारको पहलमा नै आफूहरू फर्कन पाएको भोजपुर घर भएका बाबुराम बास्तोलाले बताए । ‘पहिले सात जना आयौं,अहिले थप १२ जना साथी पनि आइपुग्नुभयो,’ उनले भने,‘चरम यातनाले काम गर्न नसकेर नै फर्किएका हौँ ।’

भदौ २३ गते मलेसिया पुगेर काममा लागेको एक सातादेखि नै यातना भोग्नुपरेको उनले गुनासो गरे । ‘हामी परिवार पाल्नु छ, दुःख गर्नुपर्छ भनेर उतै रोकिएर काम गर्ने कोसिस पनि गरेका हौँ,’ उनले भने,‘हात नहाल्ने भनेर थमथमाउने कोसिस पनि गरेका हौँ, थोरै मिस्टेक भयो, केही चित्त बुझेन भने यातना पाइहाल्थ्यौँ, कतिखेर पिटाइ खाइन्छ टुंगो नहुने हर्कतले फर्कनुपरेको हो ।’ अब सामूहिक रूपमा क्षतिपूर्तिका लागि म्यानपावर कम्पनीसँग कुराकानी गर्ने उनले बताए ।