2026-06-19 02:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पेट्रोलियम पाइपलाइनले जोगायो वार्षिक दुई अर्ब

माग १३, काठमाडौं | भारतबाट पाइपलाइनबाट डिजेल आउन थालेपछि वार्षिक दुई अर्ब रुपियाँ बचत भइरहेको छ । भारतको पटनाबाट मोतीहारी हुँदै नेपालको अमलेखगञ्जमा पाइपलाइनबाट डिजेल ल्याउन थालेपछि ट्याङ्करबाट ढुवानी गर्दा लाग्ने उक्त रकम बचत भएको बुधबार गरिएको पत्रकार सम्मेलनमा नेपाल आयल निगम, मधेश प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख इन्जिनियर प्रदीप यादवले जानकारी दिए । 

२०७६ साउन ३ गतेदेखि अमलेखगञ्जमा पाइपलाइनबाट डिजेल ल्याउन थालेको हो । भारत सरकारको आर्थिक सहयोगमा सम्पन्न पाइपलाइन परियोजनाको लक्ष्यभन्दा आठ महिनाअघि नै कार्य सम्पन्न भएको थियो । 

पाइपलाइनबाट पेट्रोलियम पदार्थ आउँदा पर्यावरण विनाश, राजमार्गमा ट्राफिक जाम र दुर्घटना, ढुवानीका क्रममा पेट्रोलियमको शुद्धतासँगै चुहावटलगायतका समस्या नआउने प्रमुख यादवले दाबी गरे ।

करिब तीन अर्ब भारतीय रुपियाँ खर्च भएको यो पाइपलाइन परियोजना २०१८ को अन्त्यमा सम्पन्न भएको थियो । जमिनमुनि बिछ्याइएको पौने ११ इन्चको एमएस माइलस्टिलको एउटै पाइपबाट पटकपटक गरेर पेट्रोल, डिजेल र मट्टीतेल ल्याउन सकिन्छ । अहिले डिजेल मात्र आइरहेको छ । 

भारतको पटनादेखि मोतीहारी १९८ किलोमिटर, मोतीहारीदेखि रक्सौल ३३ किलोमिटर र रक्सौलदेखि अमलेखगञ्ज ३६।२ किलोमिटर गरी २६८ किलोमिटर पाइपलाइन रहेको छ । अहिले प्रतिघण्टा २९४ किलोलिटर इन्धन पाइपबाट आइरहेको तथा हालका दिनमा मुलुकलाई साढे पाँच दिन डिजेल र सात दिन पेट्रोल आपूर्ति गर्न सक्ने स्टक अमलेखगञ्ज डिपोमा रहेको कार्यक्रम सञ्चालक प्रशान्त भट्टराईले जानकारी दिए । 

खाना पकाउने ग्यास तथा पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि बाराको अमलेखगञ्ज हुँदै चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्न पाइपलाइन परियोजनाको अमलेखगञ्जमा २०७६ कातिक ९ गते शिलान्यास गरी रुट सर्वेको कार्य सम्पन्न गरिसकेको आयल निगमले जनाएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले