२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले फेरि माग्यो लामिछानेका कागजपत्र

२७ माघ २०७९, शुक्रबार ०३:०१

माघ २७, काठमाडौँ | नागरिकता र राहदानीको विवादमा पर्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रयोग गरेका कागजपत्र छानबिनका लागि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले मगाएको छ । अमेरिकी नागरिकता कायम रहेकै अवस्थामा लामिछानेले निष्क्रिय रहेको नेपाली नागरिकता प्रयोग गरी राहदानीसमेत लिएको उजुरी दर्ता भएपछि आवश्यक छानबिनका लागि कागजपत्र मगाइएको हो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख सहन्याधिवक्ता अच्युतमणि न्यौपानेले लामिछानेविरुद्ध जाहेरी परेको र जाहेरी सही वा गलत के हो भन्ने यकिन गर्न सम्बन्धित निकायबाट आवश्यक कागजपत्र झिकाइएको बताए । निष्क्रिय नागरिकता पेस गरी झुटा विवरणका आधारमा लामिछानेले राहदानी लिई दुरुपयोग गरेको भन्दै युवराज पौडेलले जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दर्ता गर्न जाँदा दर्ता गर्न नमानेपछि उनी सरकारी वकिलको कार्यालय गएका थिए ।

त्यसै आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेले नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँ, अध्यागमन विभाग तथा राहदानी विभागबाट कागजपत्र मागेको हो । 

निष्क्रिय अवस्थाकै नागरिकता प्रयोग गरी लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरी सभापति चयन हुनुभएको थियो । सोही नागरिकता पेस गरी चितवन निर्वाचन क्षेत्र–३ बाट प्रतिनिधि सभा सदस्यसमेत निर्वाचित भएका लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका थिए। लामिछानेको नागरिकता विवाद सर्वोच्च अदालतको संवैधानिक इजलासले यही माघ १३ गते निष्क्रिय नागरिकताका आधारमा गरिएको उम्मेदवारी बदर हुने आदेश दिएको थियो ।

उक्त आदेशपछि लामिछानेको पार्टी सभापति पदसहित प्रतिनिधि सभा सदस्य तथा उपप्रधानमन्त्री तथा गृहमन्त्री पद गुमेको थियो । लामिछानेले माघ १५ गते जिल्ला प्रशासन कार्यालयबाट नयाँ नागरिकता लिइसकेका छन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य