२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

राष्ट्रपति निर्वाचनको विषय लिएर प्रचण्ड र ओलीबीच चर्काचर्की

२०७९, २८ माघ शनिबार ०३:४३

माघ २८, काठमाडौँ | उच्चस्तरीय संयन्त्रको बैठकमा राष्ट्रपति निर्वाचनको विषय लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीका बीचमा ‘भनाभन’ भएको छ । बैठकमा सहभागी एक नेताका अनुसार प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको चयन राष्ट्रिय सहमतिमा गर्नुपर्ने आवश्यकताबारे बोल्दै गर्दा एमाले अध्यक्ष ओलीले प्रतिवाद गरेका छन् ।

‘प्रधानमन्त्री प्रचण्डको चाहना राष्ट्रपतिको चयन राष्ट्रिय सहमतिमा साझा व्यक्तिलाई ल्याउनुपर्नेमा छलफल गर्नु थियो’ ती नेताले भने, ‘तर एमाले अध्यक्ष ओलीले यसबारे अब सल्लाह गर्नुपर्ने विषय नै के छ र ? यसबारे त पहिल्यै टुंगो लागिसकेकाले थप छलफलको आवश्यकता नै छैन ।’

माओवादी केन्द्रको स्थायी कमिटी बैठकले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नुपर्ने निर्णय गरिसकेको छ । तर, सोभन्दा अघि सत्तारूढ दलबीच सरकार गठनअघि नै राष्ट्रपति एमालेको भागमा परेको र त्यसबारेमा सहमति भइसकेको छ । तर, माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति दलका कार्यकर्ता राष्ट्रपति हुँदा विगतमा दुःख पाएको टिप्पणी गर्दै साझा व्यक्तिको खोजी गर्दै राष्ट्रिय सहमतिमै चयन गर्नुपर्नेमा जोड दिएका थिए । यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी