२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

नयाँ हवाई रुटमा भारतको अलमल

३ फाल्गुन २०७९, बुधबार ०३:०७

फागुन ३, काठमाडौं | पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको डेढ महिना भयो। तर आन्तरिक उडानमा नै सीमित छ। गत जेठ २ गतेबाट सञ्चालनमा आएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि पुस १ गतेबाट बाह्य उडान ठप्प छ।  भैरहवामा जजिरा एयरले हप्तामा तीन उडान गर्दै आएको थियो।

खराब मौसमको कारण देखाउँदै ६१ दिनदेखि भैरहवामा अन्तर्राष्ट्रिय नियमित उडान रोकिएको छ। तर, दुवै विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि भारतको अनुमति पहिलो विषय हो।  दुई दिनको नेपाल भ्रमण सकेर फर्किएका भारतीय विदेश सचिव विनय क्वात्रासँगको छलफलमा पनि नयाँ हवाई रुट र भारतीय अनुमतिको सम्बन्धमा खासै छलफल भएन।

भारतीय सचिवसँगको भेटमा नेपाल तर्फबाट थप हवाई प्रवेश मार्गका साथै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिकको सीमा उडान सञ्चालनका लागि सहमतिका सम्बन्धमा अनुरोध गरिएको थियो। करिब १५ दिनअघि नै सो सम्बन्धमा परराष्ट्रमा प्रस्ताव पठाइएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए। 

'भैरहवा रुटलाई बाई डिरेक्सनल बनाउने (विमान आउने र जाने) र पोखराको सम्बन्धमा सिमराबाट छिरेर गल्फ ५९० रुट भएर जाने सम्बन्धमा हामीले पहिला पनि भनेका थियौं,’ उनले भने। दुई देशको परराष्ट्र सचिवको भेटमा उद्योग तथा वाणिज्यसम्बन्धी छलफलले प्राथमिकता पाएकोले पनि यो नीतिगत विषय सम्बोधन नभएको भन्ने सुनिएको भुलले बताए।

प्राधिकरणले केही समयअघि पनि कूटनीतिक नोट भनेर प्रक्रियागत रूपमा नै भारतलाई पठाएको तर कुनै प्रतिक्रया नआएको पनि उनले जानकारी दिए। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य