२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

मेस्सी र रोनाल्डोको रेकर्डलाई पछि पार्दै यी युवा स्ट्राइकर

७ फाल्गुन २०७९, आईतवार १२:२०

नापोली । भिक्टोर ओसिम्हेन अहिले अविश्वरणीय सिजन बिताउँदै छन् । उनको उत्कृष्ट प्रदर्शनको मद्दतले नापोली यो सिजन इटालियन सिरिए ए मा हाबी छ । वर्तमान समयमा उनी विश्वकै उत्कृष्ट स्ट्राइकर हुन् भन्नेमा दुई मत छैन । युरोपका शीर्ष पाँच लिगमा उनी सबैभन्दा फर्ममा रहेका फरवार्ड हुन् ।

अहिले कै फर्मलाई लामो समय जारी राख्न सके ओसिम्हेन सर्वकालीन उत्कृष्ट बन्ने पक्का छ । शुक्रबार नाइजेरियाका खेलाडीले सासुलो विरुद्ध २–० जीत निकाल्ने क्रममा गोल गरे । उनको करियरको यो १ सयौँ गोल थियो । उनले यो कोशेढुंगा लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोभन्दा चाँडो पुरा गरेका हुन् ।


यद्यपि, अहिलेका दुई खेलाडी किलियान एम्बाप्पे र अर्लिङ हालान्डले भने ओसिम्हेनभन्दा कम खेलमा सो उपलब्धि हासिल गरेका छन् । यी दुई खेलाडी पनि अहिलेको सबैभन्दा उत्कृष्ट स्ट्राइकरको दाबेदारमा पर्छन् ।

युरोपका शीर्ष पाँच लिग –प्रिमियर लिग, सिरिए ए, ला लिगा, लिग वान र बुन्डेस लिगामा हालान्डले मात्र ओसिम्हेनभन्दा धेरै (२६) गोल गरेका छन् । 

सन् २०२० मा लिग वान टोली लिलबाट क्लबको कीर्तिमानी रकममा नापोली पुगेका ओसिम्हेनले यो सिजन १८ गोल गरिसकेका छन् । सिरिए ए को गोल्डन बुटको अन्य दाबेदारभन्दा उनी ६ गोलले अघि रहेका छन् । शुक्रबारको खेलको ३३ औँ मिनेटमा गरेको उनको गोल लगातार लिगका सातौँ खेलमा थियो ।

दुवै खुट्टाको साथै हेडबाट पनि गोल गर्न सक्ने क्षमताका कारण उनी यति सफल भएका हुन् । अहिले उनलाई भित्र्याउन युरोपका ठुला क्लबले रुचि देखाएका छन् । यो सिजन नापोलीको राम्रो प्रदर्शनमा ओसिम्हेनको फर्मको ठुलो योगदान छ । अहिले नै टोलीले लिगको शीर्ष स्थानमा १८ अंकको अग्रता बनाइसकेको छ र यो सिजन लिग उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । यदि त्यसो भयो भने नापोलीको इतिहासमा यो मात्र तेस्रो लिग उपाधि हुनेछ, डिएगो म्याराडोनाले क्लब छाडेपछि पहिलो । म्याराडोनाले क्लबलाई सन् १९८९–९० सिजनमा पछिल्लोपटक उपाधि जिताएका थिए ।–सीएनएन

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य