२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

पाँच वर्ष भित्र एक पटक माधव नेपाल प्रधानमन्त्री बन्ने, उपराष्ट्रपतिमा उपेन्द्र यादव

२०७९, ११ फाल्गुन बिहीबार ०५:१५

फागुन ११, काठमाडौं | प्रमुख राजनीतिक दलले नयाँ राष्ट्रपतिको उम्मेदवार तय गर्न राजनीतिक भेटघाटलाई तीव्र बनाएका छन्। राष्ट्रपतिको उम्मेदवारी दिने मिति नजिकिएसँगै प्रमुख दलका शीर्ष नेताहरू मात्र होइन, विभिन्न शक्ति राष्ट्रका काठमाडौंस्थित प्रतिनिधिले पनि दलीय भेटलाई तीव्रता दिएका छन्।

पुस १० गतेको समझदारी अनुसार एमालेलाई राष्ट्रपति नदिने निष्कर्षमा पुगेको माओवादी केन्द्रले नेपाली कांग्रेस र नेकपा ( एकिकृत समाजवादी) बीच प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनअघिको गठबन्धनलाई ब्युँताउने समझदारी गरेको नेताहरूको दाबी छ।

राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने आश्वासन माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार साँझ दिएका थिए। सोमबार बसेको पार्टी पदाधिकारी बैठकबाट राष्ट्रपतिबारे निर्णय लिने अधिकार आफैंले लिएका दाहालले बुधबार साँझ कांग्रेस नेताहरूसँगको भेटमा निर्वाचनअघिको पाँचदलीय गठबन्धनलाई ब्युँताउने समझदारी गरेको स्रोतको दाबी छ।

बैठकमा नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) लाई समेट्नेबारे छलफल भएको छ। त्यसका लागि आज बहुपक्षीय छलफल हुने र संसदको यही कार्यकाललमा माधव कुमार नेपालाई एक पटक प्रधानमन्त्री बनाउने र जसपा अध्यक्ष उपेन्द्र यादवलाई उपराष्ट्रपतिमा सिफारिस गर्ने सहमती भएको छ ।

राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने र माओवादी नेतृत्वको वर्तमान सरकारलाई निरन्तरता दिनेसहितका विषयमा भएको समझदारीमार्फत संविधान र लोकतन्त्र पक्षधर शक्तिहरू विगतमाजस्तै मिलेर अघि बढ्नुपर्नेमा नेताहरुले जोड दिएका थिए । – रिपोटर्स नेपालबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी