२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

पाँच वर्ष भित्र एक पटक माधव नेपाल प्रधानमन्त्री बन्ने, उपराष्ट्रपतिमा उपेन्द्र यादव

११ फाल्गुन २०७९, बिहीबार ०५:१५

फागुन ११, काठमाडौं | प्रमुख राजनीतिक दलले नयाँ राष्ट्रपतिको उम्मेदवार तय गर्न राजनीतिक भेटघाटलाई तीव्र बनाएका छन्। राष्ट्रपतिको उम्मेदवारी दिने मिति नजिकिएसँगै प्रमुख दलका शीर्ष नेताहरू मात्र होइन, विभिन्न शक्ति राष्ट्रका काठमाडौंस्थित प्रतिनिधिले पनि दलीय भेटलाई तीव्रता दिएका छन्।

पुस १० गतेको समझदारी अनुसार एमालेलाई राष्ट्रपति नदिने निष्कर्षमा पुगेको माओवादी केन्द्रले नेपाली कांग्रेस र नेकपा ( एकिकृत समाजवादी) बीच प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनअघिको गठबन्धनलाई ब्युँताउने समझदारी गरेको नेताहरूको दाबी छ।

राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने आश्वासन माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार साँझ दिएका थिए। सोमबार बसेको पार्टी पदाधिकारी बैठकबाट राष्ट्रपतिबारे निर्णय लिने अधिकार आफैंले लिएका दाहालले बुधबार साँझ कांग्रेस नेताहरूसँगको भेटमा निर्वाचनअघिको पाँचदलीय गठबन्धनलाई ब्युँताउने समझदारी गरेको स्रोतको दाबी छ।

बैठकमा नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) लाई समेट्नेबारे छलफल भएको छ। त्यसका लागि आज बहुपक्षीय छलफल हुने र संसदको यही कार्यकाललमा माधव कुमार नेपालाई एक पटक प्रधानमन्त्री बनाउने र जसपा अध्यक्ष उपेन्द्र यादवलाई उपराष्ट्रपतिमा सिफारिस गर्ने सहमती भएको छ ।

राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने र माओवादी नेतृत्वको वर्तमान सरकारलाई निरन्तरता दिनेसहितका विषयमा भएको समझदारीमार्फत संविधान र लोकतन्त्र पक्षधर शक्तिहरू विगतमाजस्तै मिलेर अघि बढ्नुपर्नेमा नेताहरुले जोड दिएका थिए । – रिपोटर्स नेपालबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य