२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

कमाउन परदेश पुगेको छोराले ‘मर्दै’ गरेको खबर गरेपछि !

२०७९, १४ फाल्गुन आईतवार १२:२४

फागुन १४, गुल्मी | गुल्मीको रेसुंगा नगरपालिका–७ को सुकुमबासी टोलमा बस्दै आएकी माया विश्वकर्मा भन्छिन्, 'रुँदा–रुँदै आँसु पनि सकिए। भिडियो कलमा रुने आमा–छोराको दैनिकी बनेको छ।' 

आशिषले आमा र श्रीमती आरतीलाई आफू धेरै दिन नबाँच्ने बताउँदै आएपछि विपन्न परिवार शोकमा डुबेको छ। आशिषले गत कात्तिकतिर आमालाई पैसा पठाउँछु भनेका थिए। तर, बीचमा लामो समय सम्पर्कविहीन भए।

‘ऋण तिर्न पैसा पठाउँछु भनेको छोरा लामो समय सम्पर्कविहीन बन्यो। बिरामीले गलेपछि अहिले बल्ल भिडियो कल गर्‍यो,’ आमाले रुँदै भनिन्, ‘म अब मर्छु, तिम्रो र छोराको ख्याल गरे भन्छ।’ 

आशिष सामान्य बिरामी परेको पाँच महिना भए। तर, दुई महिनायता अकस्मात पेट फुल्न थाल्यो। अहिले पेटको दुःखाइले दैनिक ज्यान गल्दै गएको छ। 

आशिषले आइतबार आफू दुई–चार दिनबाहेक नबाँच्ने बताए। ‘म दुबई बोर्डरनजिक समुन्द्र किनारमा छु। गाडी पनि छैनन्, बिमारले गलेर हिँड्ने उपाय छैन,’ उनले भने, ‘नेपाल फर्किने र बाँच्ने आशा नै मरिसक्यो।’ 

माया विश्वकर्माले छोरा आशिषलाई साउदी पठाउँदा काढेको ऋण अझै ज्युँकात्युँ छ। बिपन्नताले वर्षौँ र पुस्तौँ छोडेन। मायालाई छोरा हुर्किएपछि खोला किनारको सुकुमबासी बस्ती छोड्न सकिएला कि भन्ने लाग्थ्यो। 

त्यसैले खोला खोल्सा र सडक किनारमा गिटी ढुंगा गरेर दुई छोरा र एक छोरी हुर्काइन्। घरमा आमाछोराको पाखुरा नचले चुलोमा आगो बल्दैनथ्यो। जसका कारण परिवारको खुसी र सपना बोकेर आशिष परदेश पस्ने मनस्थितिमा पुगे।

मायासँग कर्जा लिन सम्पति थिएन। उनलाई छोरा विदेश उडाउने पैसा खोज्न निकै पापड पेल्नुपर्‍यो। उनले बल्लतल्ल करिब दुई लाख ऋण खोजिन्। एक लाख ६० एजेन्टले लगे। अरू काठमाडौं आउजाउमै सकियो। छोरा कात्तिक ०७८ मा साउदी अरब उडे। 

आमाका अनुसार आशिष दाङका एजेन्टमार्फत साउदी गएका हुन्। सुरुमा म्यानपावरले भनेकै कम्पनीमा काम गरे। तर, कबोलअनुसारको पैसा पाएनन्। आशिषले साथीहरूको लहडमा कम्पनी छोडे। 

सप्लायर्समा मासिक एक लाख पाइने लोभमा नयाँ एजेन्टमार्फत सहरबाट निकै टाढा पुगे। लगभग पाँच महिना परिवारको सम्पर्कमा आएनन्। नयाँ काममा लागेपछि गत असोजमा ५५ हजार रुपैयाँ पनि घर पठाए। तर, 'जहाँ होचो त्यहाँ घोचो’ भनेजस्तै बिरामी पर्न थाले। उनी काम गर्न जान सक्दैनन्। उपाचार गर्ने उपाय नै छैन।

बिमारले खान मन छैन। खान खोजे पनि उपाय भएन। दैनिक आमा र श्रीमतीलाई कल गरेर उद्धार गर्न भन्छन्। सरकार सत्ताको मस्तीमा छ। तर, विपन्न परिवार आँसुको आहालमा डुबेको छ। आमा र श्रीमतीसँग आशिषलाई घर फर्काउन न पहुँच छ न पैसा। ‘भिडियो हेरेर रुनेबाहेक केही उपाय छैन। सानो छोरासित मेरो पनि बिजोक छ,’ श्रीमती आरतीले भनिन्, ‘मिडिया र सरकारले केही गर्दिनुपर्‍यो।’

आशिषका बाले परिवारको हेरचाह गर्दैनन्। जसका कारण आमाकै भरमा छोराछोरी छन्। आशिष ११ वर्षमा भारत पसेर बेपत्ता भएका थिए। १७ वर्षमा नेपाल आएपछि ठूलो दुर्घटनामा परे। आमाले ऋणधन गरेर बल्लतल्ल उनलाई बचाइन्।

अहिले फेरि परदेशमा छोरा बिरामी परेर अलपत्र परेपछि याे विपन्न परिवार बिचल्लीमा परेको अधिवक्ता विनोद पाण्डेयले बताए। ‘नेता सरकार र सत्ता दौडमा छन्। विपन्न परिवार भिडियोमार्फत छोराको बिमार र मृत्यु पर्खन बाध्य छन्, 'उनले भने, ‘सबै हिसाबले सहयोग आवश्यक भएकाले मिडिया गुहार गरेको हुँ।’ -नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी