राष्ट्रिय परिचयपत्रका लागि थपिए स्थान, काठमाडौँका यी स्थानमा जानुस्

Posted on: 07 Mar, 2023

फागुन २३, काठमाडौँ । सरकारले देशभरका नागरिकलाई काठमाडौँबाट समेत राष्ट्रिय परिचयपत्रको आवेदन दिन पाउने व्यवस्था गरेको छ । राष्ट्रिय परिचयपत्र आवेदन र वितरण प्रक्रिया छिटोछरितो रूपमा सञ्चालन गर्न सरकारले उपत्यकाभित्र थप पाँचवटा स्थान तोकेको हो ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक कृष्ण पौडेलका अनुसार राष्ट्रिय परिचयपत्रको आवेदन तथा वितरणलाई तीव्रता दिन उपत्यकाभित्र पाँचवटा स्थानमा २७ वटा स्टेसन तोकिएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँ र जिल्ला प्रशासन कार्यालय ललितपुरका साथै नारायणहिटी दरबार परिसर, राष्ट्रिय सभागृह र सिंहदरबारस्थित विभागको केन्द्रीय कार्यालयमा आवेदन दिन सकिनेछ । राष्ट्रिय परिचयपत्र वितरणमा ढिलासुस्ती भएको भन्दै आलोचना भएको थियो । 

- आजको गोरखापत्र दैनिकमा समाचार छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!