२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

प्रचण्डले ३ वर्षअघि के भनेका थिए, जसले अहिले कानुनी झमेलामा फसायो ?

२३ फाल्गुन २०७९, मंगलवार ११:५९

फागुन २३, काठमाडौँ | २०७६ साल माघ १ गते काठमाडौंको खुल्लामञ्चमा थारूहरूको ‘माघी पर्व’ चलिरहेको थियो । प्रमुख अतिथि थिए हालका प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।

सभामा ३ घण्टा बिताएका प्रचण्डले १६ मिनेट ४६ सेकेन्ड मात्रै बोलेका थिए । देशभरका थारू समुदायलाई बधाई र शुभकामना भन्न चाहन्छु भन्दै भाषण सुरु गरेका उनी ४ मिनेट २७ सेकेन्डपछि राजनीतिक विषयमा प्रवेश गरे ।

उनले सभामा भनेका थिए— ‘यहाँ मलाई ताकेर धेरै कुरा राखियो । मैले अहिले सबैकुराको एक/एक गरेर जवाफ दिन सक्दिनँ । पहिला त मलाई धेरै साथीहरूले बाहिर पनि भन्ने गर्नुहुन्छ म तथ्यांक मात्रै सच्याउन चाहन्छु । तथ्यांक के भने मलाई १७ हजार मान्छे मारेर आएको भन्ने गरिन्छ । यो सत्य होइन ।’

उनले त्यसअघि भन्दै गए—

‘साथीहरू र आदरणीय जनसमुदाय, यो सत्य होइन । सत्य के हो भने हिजोको सामन्ती राजाहरूले १२ हजार मारेका हुन् । मलाई ५ हजारको जिम्मा दिनुहुन्छ भने म लिन्छु । यद्धका सबै कामको जिम्मा लिन्छु । तर, राजाहरूले मारेको १२ हजारको चाहिँ कुरा नहुने, हिजोको राज्यले मारेको १७ हजारमध्ये १२ हजारको चाहिँ कुरा नहुने त्यो पनि मेरै टाउकोमा हाल्न खोजियो भने राम्रो हुँदैन । मैले सधैँ भनेको छु। युद्धको म जिम्मा लिन्छु । त्यहाँ भएका राम्रा र नराम्रा कुराको म जिम्मा लिन्छु । तर, मैले गर्दै नगरेको कामको दोष पनि मलाई नै थुपार्न खोज्नुभयो भने त्यो राम्रो हुन्न ।’

उनले सभामा टीकापुर घटनाका दोषी भनिएका रेशम चौधरीबारे समेत बोलेका थिए । ‘प्रधानमन्त्रीको हैसियतमा भारतमा रेशमसँग खुलेआम भेटेर के हो तपाईंको कुरा राख्नुस् भन्ने पहिलो प्रधानमन्त्री प्रचण्ड थियो भन्ने नबिर्सनुस् ।’

उनले अझै अगाडि भनेका थिए—‘दोस्रो कुरा डिल्लीबजारको खोरमा गएर रेशमलाई अफिसमा बोलाएर भेट्ने पनि म हो भन्ने नबिर्सनुस् । सरकार, सभामुख र पार्टीलाई भेटेर रेशमलाई शपथ गराएर कम्तीमा पनि माननियको दर्जा दिनुपर्छ भन्ने मै हो । टीकापुरको घट्नाको सन्दर्भमा झुटा मुद्दा खारेज गनुपर्दछ भनेर पार्टीमा बहस भइरहेको छ । केही साथीहरू छुट्नुभएको र रेशमलगायतका साथीहरू छुट्न बाँकी छ। रेशमलाई पनि छुटाइन्छ हेर्नुहोला ।’

प्रचण्डको यही अभिव्यक्तिलाई आधार बनाएर आज सर्वोच्च अदालतमा उनीसहित नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,गृह मन्त्रालय, रक्षा मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, सत्य निरुपण तथा मेलमिलाप आयोग, नेपाल प्रहरी प्रधान कार्यालयलाई समेत विपक्षी बनाइ रिट निवेदक ज्ञानेन्द्रराज आरण र जितेन्द्र मोक्तानसमेत १४ जनाले मुद्दा दर्ता गरेका हुन् ।

रिट निवेदक आरण २०५७ फागुन १६ गते विद्रोही पक्षबाट मारिएको भनिएका मन्थली ९ रामेछापका टीकाराम आरणको छोरा हुन्। त्यसैगरी, अर्का रिट निवेदक रेलीमाया मोक्तानको छोरा जितेन्द्र कुमार मोक्तान, गणेश कुमार श्रेष्ठका छोरा रामेछापका विजय श्रेष्ठ, द्धन्दकालमा हत्या भएका माओवादीपीडित संघका अध्यक्ष गणेशदत्त चिलुवालकी श्रीमती सावित्री शर्मा पनि छन् ।

निवेदकले सशस्त्र द्वन्द्वसँग आफूहरूको सरोकार नभएको, तर द्वन्द्वकै कारण पीडित भएका नागरिक भन्दै रिट दर्ता गराएका छन् । ‘प्रचण्डको ५ हजारको जिम्मा लिन्छु भन्ने सार्वजनिक स्वीकारोक्तिलाई नै साविती बयान मानी तत्काल प्रचलित कानुनबमोजिम पक्राउ गरी सजाय गर्नु पर्ने देखिन्छ’ रिटमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य