२ श्रावण २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

प्रसिद्ध रमणीय स्थल नगरकोट

१९ असार २०७३, आईतवार १२:२७

नगरकोट काठमाडौं उपत्यका नजीकको प्रसिद्ध रमणीय स्थल हो । यो स्थान काठमाडौंबाट ३२ किलोमिटर उत्तर-पूर्वमा र भक्तपुर नगरवाट २० कि.मी. पूर्वमा अवस्थित रहेको छ । यो समुद्री सतहदेखि २ हजार ७५ मिटर उचाइमा रहेको छ । गर्मी मौसममा पनि चिसो वातावरण हुने नगरकोटबाट मौसम सफा भएको बेला उत्तरमा मनमोहक हिमालयका चुचुराहरूका साथै विश्वको सर्वोच्च शिखर सगरमाथाको रोमाञ्चक दृश्य देख्न सकिन्छ। यहाँवाट देखिने अन्य हिमाल चुचुराहरूमा धौलागिरि हिमश्रृंखलादेखि कञ्चनजंघा हिमश्रृंखलासम्मको मनांस्लु, गणेश हिमाल, लामटाङ्ग हिमाल, गौरी शंखर, चावु, ल्होत्से, मकालु नेम्वुल इत्यादि छन् । नगरकोट क्षेत्र हिमालको काखबाट निस्कने सूर्योदयको दृष्यावलोकन लागि पनि प्रसिद्ध छ ।

नगरकोटमा खानपिन तथा बसोबासका लागि सामान्यदेखि स्तरीय होटल तथा रिसोर्टहरू उपलब्ध छन्।नगरकोट भक्तपुर जिल्लाको एउटा गाउँ विकास समिति रहे पनि मुख्य पर्यटकीय स्थल भने काभ्रे जिल्ला र भक्तपुर जिल्लाको दोसाधमा रहेको छ,पानी ढलोको सिमा व्यवस्था रहेकोले नगरकोटको उच्चतम विन्दुमा यी दुई जिल्लाहरूको संगम रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भिक्षुसँग यौनसम्पर्क गरेर पैसा असुल्ने एक महिला पक्राउ नेपालका छिमेकि राष्ट्र भारत र चीनलाई १००% कर लगाउने नेटो संगठनको चेतावनी , नेपालमा कस्तो प्रभाव पर्ला ? काठमाडौंका मेयर बालेनको नेतृत्वप्रति आक्रोश – ‘तपाईं पनि बोलेर मात्रै बस्ने कि काम पनि गर्ने?’ ‘साउन डेङ्गी सचेतना’ महिना घोषणा स्कुटरको ठक्करबाट वृद्धको मृत्यु जापानमा पहिलो छ महिनामा दुई करोड १५ लाख पर्यटक बेलायतद्वारा पाकिस्तानी एयरलाइन्समाथिको प्रतिबन्ध हटाउने निर्णय कोरिया: प्रश्नपत्र चोरी गरेको आरोपमा शिक्षिका र अविभावक पक्राउ मन्त्रीपरिषद् निर्णयः साउन १६ लाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाइने जसपा नेपालले फिर्ता लग्यो सरकारलाई दिएको समर्थन सहकारीको ऋण तिर्छु भनी कर्मचारीलाई बोलाएर जुत्ताको माला नेप्से परिसूचकमा १९३ कम्पनीको सेयर मूल्य बढ्दा ,५५ कम्पनीको मूल्य घट्यो “त्रिवि क्रिकेट मैदानको निर्माण ढिलाइ: ठेकेदार कम्पनीलाई दैनिक लाखौं हर्जाना” एक लाख रुपैयाँ घुससहित अख्तियारको फन्दामा मेयर साह घरबास पर्यटनसम्बन्धी तालिमपछि डाँडाडुमका महिला स्वरोजगार बन्दै भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार महानगर यातायातद्वारा विद्युतीय बस सेवा शुभारम्भ नक्कली सुन देखाई ठगी गरेको अभियोगमा तीन जना पक्राउ ककपिटमा भिडियो राख्नुको ‘बलियो तर्क’ : आइएटिए प्रमुख दिल्लीका केही विद्यालय र एक कलेजमा बम राखिएको हल्ला