दक्षिणकाली Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दक्षिणकाली
2026-10-16 06:06 PM
अछाम - ACM

ख्यातीप्राप्त दक्षिणकाली मन्दिर

दक्षिणकाली नेपालको बागमती अञ्चलको काठमाडौं जिल्लाको एक गाँउ विकास समिति हो। यो ठाउंमा ८२२ वटा घर छन्। काठमाण्डौ शहरको कोलाहल र दुषित वातावरणबाट टाढा यो गाउँ प्राकृतिकरूपमा धनी छ । दक्षिणतिर छैमले, पश्चिमतिर टल्कुडुँडेचौर, उत्तरतिर शेषनारायण र पूर्वतिरको केहि भाग सेतिदेवी गाविसले छोएको यस गाउँ अत्यन्त मनोरम वातावरणमा रहेको छ । यो गाउँमा माता दक्षिणकालीको मन्दिर रहेको छ । जुन विश्वप्रख्यात छ । विशेष गरेर शनिवार र म‌ंगलबारका दिन यस मन्दिरमा ठूलो भिड लागेको हुन्छ । मन्दिरको माथिपट्टी माताको मन्दिर रहको छ । दक्षिणकालीमा विशेष गरेर नेवारी वस्ती रहेको छ । दक्षिणकाली गाउँ मै गोपालेश्वर महादेवको मन्दिर पनि रहेको छ । पुरातात्विक हिसाबले यस मन्दिरले पनि आफ्नै महत्व राखेको छ । यसैगरी यसै गाउँ विकास समितिमा वडा नं‍ १मा पर्ने कोटालटोलमा एसियाकै महत्वपूर्ण नृत्यशैलीमा उभिएको गणेशको मन्दिर रहेको छ जसलाई स्थानीयबासीहरू गोर गणेश मन्दिर भन्ने गर्दछन् ।

भगवान शिवका पत्नी पार्वतीलाई गौरी पनि भनिने र उनैका पुत्र भएका कारण गोर गणेश भएको हो भन्ने स्थानीय कथन रहेको छ । यसै गरी दक्षिणकाली वडा नं २ जसमा कोछुटोल पर्दछ जहाँ तिलविक्रमेश्वर महादेवको मन्दिर रहेको छ । अत्यन्तै पूरानो यस मन्दिरमा बुढानीलकण्ठ भगवानको हुबहु सानो आकारको बुढानीलकण्ठ समेत प्रतिस्थापित रहेको छ । यसैगरी वडा नं‍ ३मा कोटघर, हिर्गा, भिमसेन मन्दिर, झम्केश्वरी मन्दिर लगायतका स्थानहरू छन् जुन फर्पिङ शहरको मुख्य चोक एवम् एतिहासिक दरबार क्षेत्र (लायकु) का रूपमा चिर परिचित छ । यसै झम्केश्वरी मन्दिरको पछाडि पट्टी एतिहासिक भगवती मन्दिर समेत रहेको छ । दक्षिणकाली वडा न‌ं ४को ऐतिहासिक कमलपोखरीको आफ्नै अस्तित्व रहेको छ । एसिया कै सबैभन्दा ठूलो सरस्वतीको मुर्ति यसै स्थानमा रहेको छ । करिब १२०० वर्ष पहिला चोरी भएको यस स्थानको यो मुर्ति चोरले चोर्न नसकि टाउको मात्र चोरेर लगेको र १२०० वर्षपछि विदेशबाट फिर्ता ल्याई हाल संग्रहालयमा सुरक्षित राखिएको छ भने टाउको नभएको सरस्वतीको मूर्ति र गणेशजीको मुर्तिको दर्शन भने आज पनि हामी गर्न सक्छौ । यसै गरी यसै दक्षिणकाली गाविस अन्तर्गत नै पश्चिमतर्फ महालक्ष्मी मन्दिर पनि छ । प्रत्येक महिनाको कार्तिक पूर्णिमाका दिन यहाँ विशेष मेला लाग्ने गर्दछ । आफ्नो मनोकांक्षा पूरा हुनेहरूले यहाँ त्यस दिन भातबाट बनाईएको विशेष बस्तु (गोजाः) यस मन्दिरमा चढाइने गरिन्छ । कार्तिक पूर्णिमादेखि लगातार ४ दिनसम्म महालक्ष्मी लगायतको विशेष कार्तिक नाच नचाइने परम्परा हालसम्म जीवित नै छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु